झापामा चामलको बोराभित्र लुकाएर खैरो हेरोइन तस्करी

झापा, २८ भदौ । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची भन्सार कार्यालय अगाडिको गेटबाट खैरो हेरोइनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आज दिउँसो मेची भन्सार कार्यालयको भवन अगाडि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट सिटी सफारीमा नेपालतर्फ आउँदै गरेको कपिलबस्तु बुद्धभूमी नगरपालिका–४ घर भई दमक नगरपालिका–९ मा बस्दै आएका ४७ वर्षीय शुक्रराज [...] The post झापामा चामलको बोराभित्र लुकाएर खैरो हेरोइन तस्करी appeared first on Jhapa Online.

Sep 13, 2024 - 15:29
 0
झापामा चामलको बोराभित्र लुकाएर खैरो हेरोइन तस्करी

झापा, २८ भदौ । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची भन्सार कार्यालय अगाडिको गेटबाट खैरो हेरोइनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आज दिउँसो मेची भन्सार कार्यालयको भवन अगाडि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट सिटी सफारीमा नेपालतर्फ आउँदै गरेको कपिलबस्तु बुद्धभूमी नगरपालिका–४ घर भई दमक नगरपालिका–९ मा बस्दै आएका ४७ वर्षीय शुक्रराज नेपाली सार्कीलाई प्रहरीले खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

शंका लागेर चेकजाँच गर्दा रोयल पाल्की लेखिएको चामलको बोराभित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा खैरोहेरोइन प्लाष्टिकबाहेक १०५ ग्राम ९३० मिलिग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनले बोकेको मोवाइल एक थान र नेपाली नगद १० हजार रुपैयाँसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान कार्य जारी रहेको जनाइएको छ ।

The post झापामा चामलको बोराभित्र लुकाएर खैरो हेरोइन तस्करी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register