भोटेकोशीमा खसेको बोलेरो निकालियो

काठमाडौं । सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीमा अपराह्न खसेको बोलेरोलाई नदीबाट निकालिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले गाडी नदीबाट बाहिर निकालेको हो । क्रेनको सहयोगमा बा २० च २१८५ नम्बरको बोलेर गाडी निकालिए पनि गाडीमा रहेका मान्छे फेला नपरेको सिन्धुपाल्चोकका प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईका अनुसार बोलेरोमा चालक सिन्धुपाल्चोकको […]

Sep 13, 2024 - 15:24
 0
भोटेकोशीमा खसेको बोलेरो निकालियो

काठमाडौं । सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीमा अपराह्न खसेको बोलेरोलाई नदीबाट निकालिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले गाडी नदीबाट बाहिर निकालेको हो ।

क्रेनको सहयोगमा बा २० च २१८५ नम्बरको बोलेर गाडी निकालिए पनि गाडीमा रहेका मान्छे फेला नपरेको सिन्धुपाल्चोकका प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईका अनुसार बोलेरोमा चालक सिन्धुपाल्चोकको भोटेकोशीका ३८ वर्षीय सानु शेर्पा र बाह्रविसेका सुन्तली तामाङ रहेको बुझिएको छ ।

उनीहरूको अवस्था थाहा हुन नसकेको र खोजी जारी रहेको प्रहरीले जनाएको  छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register