डर्टमन्डको जित

काठमाडौं । जर्मन बुन्डेसलिगाअन्तर्गत आज बिहान भएको खेलमा बुरोसिया डर्टमन्ड विजयी भएको छ । शनिबार बिहान भएको खेलमा हेइडेनहिमलाई डर्टमन्डले ४-२ गोलअन्तरले पराजित गरेको हो । डर्टमण्डका मलनले खेलको १२औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने एडेमीले १७औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । हेइडेनहिमका मारभिन पेरिङ्गरले ३९औँ मिनेटमा डर्टमन्डको पोस्टमा गोल गर्दै […]

Sep 14, 2024 - 03:40
 0
डर्टमन्डको जित

काठमाडौं । जर्मन बुन्डेसलिगाअन्तर्गत आज बिहान भएको खेलमा बुरोसिया डर्टमन्ड विजयी भएको छ । शनिबार बिहान भएको खेलमा हेइडेनहिमलाई डर्टमन्डले ४-२ गोलअन्तरले पराजित गरेको हो ।

डर्टमण्डका मलनले खेलको १२औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने एडेमीले १७औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे ।

हेइडेनहिमका मारभिन पेरिङ्गरले ३९औँ मिनेटमा डर्टमन्डको पोस्टमा गोल गर्दै खेललाई २-१ को स्थितिमा पुर्‍याए । तर, डर्टमण्डका एडेमीले ४१औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ३-१ को स्थितिमा पुर्‍याए ।

त्यस्तै हेइडेनहिमका म्याक्सिमिलन ब्रेउङले ७४औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै खेललाई ३-२ को स्थितिमा पुर्‍याए । तर, डर्टमन्डले खेलको इन्जुरी समयमा पाएको पेनाल्टी एमरेक कानले सदुपयोग गरेसँगै डर्टमन्ड ४-२ ले विजयी भएको हो । एजेन्सीबाट

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register