ट्राफिक प्रहरीको लापसे चेकिङ : २  जना चालक नियन्त्रणमा

काठमाडौँ।  काठमाडौंको नागढुङ्गाबाट लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका २ जना चालकलाई शुक्रबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।  बागमती प्रदेश ०६-००१ ज ०२ ७० नम्बरका माइक्रो चालक चितवनको भरतपुर महानगरपालिका २४ का २७ वर्षीय अजय वि.क र बागमती प्रदेश ०१-००६ ख ४६ ७८ नम्बरका बस चालक धादिङको गल्छी गाउँपालिका ८ का ३४ वर्षीय […]

Sep 14, 2024 - 04:35
 0
ट्राफिक प्रहरीको लापसे चेकिङ : २  जना चालक नियन्त्रणमा

काठमाडौँ। 

काठमाडौंको नागढुङ्गाबाट लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका २ जना चालकलाई शुक्रबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । 

बागमती प्रदेश ०६-००१ ज ०२ ७० नम्बरका माइक्रो चालक चितवनको भरतपुर महानगरपालिका २४ का २७ वर्षीय अजय वि.क र बागमती प्रदेश ०१-००६ ख ४६ ७८ नम्बरका बस चालक धादिङको गल्छी गाउँपालिका ८ का ३४ वर्षीय प्रकाश तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाको संयुक्त टोलिले चेक गर्दा‍ लागूपदार्थ सेवन गरी  सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register