झापामा दुई जनाको हत्या

झापा । झापामा दुई दिनमा दुई जनाको हत्या भएको छ । शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकामा दुई दिनमा दुई जनाको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार दुई दिनमा दुई जनाको हत्या भएको हो । अर्जुनधारा नगरपालिकामा शनिबार राति र शिवसताक्षीमा शुक्रबार राति गरी दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक […]

Sep 14, 2024 - 04:32
 0
झापामा दुई जनाको हत्या

झापा । झापामा दुई दिनमा दुई जनाको हत्या भएको छ ।

शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकामा दुई दिनमा दुई जनाको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार दुई दिनमा दुई जनाको हत्या भएको हो ।

अर्जुनधारा नगरपालिकामा शनिबार राति र शिवसताक्षीमा शुक्रबार राति गरी दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

उनका अनुसार अर्जुनधारा नगरपालिका ६ स्थित महानन्द चोकमा शनिबार राति इलाम सूर्योदय नगरपालिका १० फिक्कलकी १९ वर्षीया मनिषा लाहोरको छुरा प्रहार गरी हत्या भएको छ ।

लाहोर हत्याको आरोपमा कैलाली गौरीगञ्ज नगरपालिका ३ का २० वर्षीय अनिल विकलाई प्रहरीले पक्राउ गरेको छ ।

लोहारलाई पटक-पटक छुरा प्रहार गरी घाइते बनाएर भाग्ने क्रममा उनलाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए । छुरा प्रहारबाट घाइते भएकी लोहारको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको हो ।

यसैगरी, शिवसताक्षी नगरपालिका ८ शितलचोक निवासी रामप्रसाद सिटौलाको उनकै दाजु नारायण सिटौलाले शुक्रबार राति मादक पदार्थ सेवन गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

दुवैले मादक पदार्थ खाएर झगडा गर्दा दाउराले हानेर भाइ रामप्रसादको हत्या गरिएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register