क्यानडा भ्रमण : एचपी जगुवार्समाथि नेपालको जित, ललितको ४ विकेट

टोरन्टोमा भएको अभ्यास खेलमा नेपालले एचपि जगुवार्समाथि ६६ रनले जित हासिल गरेको हो।

Sep 14, 2024 - 07:24
 0
क्यानडा भ्रमण : एचपी जगुवार्समाथि नेपालको जित, ललितको ४ विकेट

काठमाडौं । विश्वकप क्रिकेट लिग–२ का लागि क्यानडा भ्रमणमा रहेको राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा जित हासिल गरेको छ ।

टोरन्टोमा भएको अभ्यास खेलमा नेपालले एचपी जगुवार्समाथि ६६ रनको जित हासिल गरेको हो ।

२४८ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको जगुवार्स ३९ ओभरमा १८१ रनमा अलआउट भयो । जगुवार्सका लागि अजविर सिंहले ५५ रन बनाए ।

जगुवार्सलाई प्याक गर्न नेपालका ललितनारायण राजवंशीले ४ विकेट लिए । सन्दीप लामिछानेले ३ तथा करण केसी र कुशल मल्लले १–१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल ४७.५ ओभरमा २४७ रनमा अलआउट भएको थियो । नेपालका अनिल कुमार साह ४७ रनमा अविजित रहँदा कुशल भुर्तेलले ४१ रन बनाए ।

कप्तान रोहित कुमार पौडेलले ३३, भीम सार्कीले २१, गुल्शन झा र आशिफ शेखले १९–१९ तथा दीपेन्द्र सिंह ऐरीले ११ रन जोडे ।

जगुवार्सका जमकरन बुटर, शिल पटेल र इरुफन सोदातले भने २–२ विकेट लिए ।

विश्वकप लिग–२ को खेलतालिका अनुसार नेपालले आफ्नो पहिलो खेल क्यानडासँग १६ सेप्टेम्बरमा खेल्नेछ । १८ सेप्टेम्बरमा हुने दोस्रो खेलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।

२२ सेप्टेम्बरमा नेपालले क्यानडासँग खेल्नेछ । २४ सेप्टेम्बरमा नेपालले ओमानसँग आफ्नो चौथो खेल खेल्नेछ । सबै खेल बेलुकी पौने ८ बजे सुरु हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register