पुटिनको चेतावनीपछि अमेरिका-बेलायतको बैठक, के भयो कुराकानी ?

काठमाडौं । बेलायत र अमेरिकाले युक्रेनलाई रुससम्म प्रहार गर्न सक्ने लामो दूरीका क्षेप्यास्त्रहरू प्रयोग गर्न अनुमति दिने वा नदिने विषयमा कुनै निर्णय गर्न सकेनन् । बेलायती प्रधानमन्त्री सर केयर स्टारर र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच शुक्रबार वासिङ्टनमा भएको भेटमा यस विषयमा कुनै निर्णय भएन, न त यस सम्बन्धमा कुनै संकेत दिए । स्टाररलाई सोधिएको थियो, […]

Sep 14, 2024 - 07:24
 0
पुटिनको चेतावनीपछि अमेरिका-बेलायतको बैठक, के भयो कुराकानी ?

काठमाडौं । बेलायत र अमेरिकाले युक्रेनलाई रुससम्म प्रहार गर्न सक्ने लामो दूरीका क्षेप्यास्त्रहरू प्रयोग गर्न अनुमति दिने वा नदिने विषयमा कुनै निर्णय गर्न सकेनन् ।

बेलायती प्रधानमन्त्री सर केयर स्टारर र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच शुक्रबार वासिङ्टनमा भएको भेटमा यस विषयमा कुनै निर्णय भएन, न त यस सम्बन्धमा कुनै संकेत दिए ।

स्टाररलाई सोधिएको थियो, ‘युक्रेनलाई रुसभित्र लामो दूरीको मिसाइल प्रयोग गर्न अनुमति दिन बाइडेनलाई सहमत गराउन खोजिएको हो ?’

जवाफमा उनले युक्रेन, मध्यपूर्व र इन्डियन प्यासिफिकका मुद्दाहरू पनि समावेश भएका धेरै मोर्चाहरूमा लामो र सफल वार्ता भएको बताए ।

पुटिनको चेतावनी – युक्रेनलाई लामो दूरीको मिसाइलले आक्रमण गर्न अनुमति दिए नेटोसँग युद्ध हुन्छ

तर, ह्वाइट हाउसले रुसले इरान र उत्तर कोरियाबाट प्राप्त गरेको घातक हतियारप्रति गहिरो चिन्ता व्यक्त गरेको जनाएको छ ।

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी देशहरूलाई रुसमाथि आक्रमण गर्न युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र दिने गल्ती नगर्न चेतावनी दिएका थिए ।

पुटिनले यस्तो कदमलाई युक्रेनको युद्धमा नाटोको ‘प्रत्यक्ष हस्तक्षेप’ मानिने बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register