बहुभाषिक साहित्य कला केन्द्रमा हरि पौडेल

भद्रपुर, २७ भदौ । झापाको चन्द्रगढीमा केन्द्रीय कार्यालय रहेको बहुभाषिक साहित्य संगीतकला केन्द्रको दोश्रो अधिवेशनले प्राज्ञ सभा सदस्य हरिप्रसाद पौडेलको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । १७ सदस्यीय निर्विरोध नव निर्वाचित समितिमा प्राज्ञ पौडेललाई दोश्रो कार्यकालका लागि अध्यक्षको जिम्मेवारी दिइएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा हरिप्रसाद गौतम, उपाध्यक्षहरूमा क्रमशः मिलनकुमार ढुंगाना, जितेन्द्र श्रेष्ठ र [...] The post बहुभाषिक साहित्य कला केन्द्रमा हरि पौडेल appeared first on Jhapa Online.

Sep 14, 2024 - 14:09
 0
बहुभाषिक साहित्य कला केन्द्रमा हरि पौडेल

भद्रपुर, २७ भदौ । झापाको चन्द्रगढीमा केन्द्रीय कार्यालय रहेको बहुभाषिक साहित्य संगीतकला केन्द्रको दोश्रो अधिवेशनले प्राज्ञ सभा सदस्य हरिप्रसाद पौडेलको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ ।

१७ सदस्यीय निर्विरोध नव निर्वाचित समितिमा प्राज्ञ पौडेललाई दोश्रो कार्यकालका लागि अध्यक्षको जिम्मेवारी दिइएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा हरिप्रसाद गौतम, उपाध्यक्षहरूमा क्रमशः मिलनकुमार ढुंगाना, जितेन्द्र श्रेष्ठ र गोविन्द रपाल, महासचिव कुमार अनुरागी, सचिव पुनित वंशल, गीता भट्टराई र कोषध्यक्षमा डिगबहादुर लिम्बूलाई निर्विरोध चयन गरिएको छ ।

यस्तै सदस्यहरूमा क्रमशः जयन्ती मानी, निरज पोखरेल, लक्ष्मी मिश्र, रमेश श्रेष्ठ, टोलीप्रसाद राजवंशी, पुनम राजवंशी, पवनलाल मेचे, भुपेश मर्डी चयन भएको निर्वाचन समितिकी संयोजक धनकुमारी खरेल लताले जानकारी दिइन् ।

हरिप्रसाद पौडेलको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा बहुभाषिक बाल कविता गोष्ठी तथा बहुभाषिक साँस्कृतिक कार्यक्रम समेत गरिएको थियो । गजलकार मिलनकुमार ढुंगानाले सञ्चालन गरेको कार्यक्रममा ६५ भाषाको अस्तित्व रहेको झापाका राजवंशी, सन्थाल, लिम्बू, मेचे लगायत नेपाली भाषमा कविता वाचन तथा गीत गायन प्रस्तुत गरिएको थियो ।

The post बहुभाषिक साहित्य कला केन्द्रमा हरि पौडेल appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register