विराटनगरमा निकालियो विशाल श्री राधाकृष्ण रथयात्रा, हेलिकोप्टरबाट पुष्पवृष्टि

झापा, ११ भदौ । मोरङको विराटनगरमा विशाला श्री राधाकृष्ण रथयात्रा निकालिएको छ । विगतका वर्षमा झैं यो वर्ष पनि विराटनगरको तिन पैनी स्थित राधाकृष्णको मन्दिरबाट विशाल रथयात्रा निकालिएको हो । रथयात्राको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुभारम्भ गर्नुभएको थियो । मुख्यमन्त्री कार्कीले रथको विधिपूर्वक पूजाआजा गरेपछि विभिन्न समुदायको झाकी तथा भजन कीर्तनसहित भव्य रुपमा रथयात्रा [...] The post विराटनगरमा निकालियो विशाल श्री राधाकृष्ण रथयात्रा, हेलिकोप्टरबाट पुष्पवृष्टि appeared first on Jhapa Online.

Aug 27, 2024 - 15:36
 0
विराटनगरमा निकालियो विशाल श्री राधाकृष्ण रथयात्रा, हेलिकोप्टरबाट पुष्पवृष्टि

झापा, ११ भदौ । मोरङको विराटनगरमा विशाला श्री राधाकृष्ण रथयात्रा निकालिएको छ ।

विगतका वर्षमा झैं यो वर्ष पनि विराटनगरको तिन पैनी स्थित राधाकृष्णको मन्दिरबाट विशाल रथयात्रा निकालिएको हो । रथयात्राको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुभारम्भ गर्नुभएको थियो । मुख्यमन्त्री कार्कीले रथको विधिपूर्वक पूजाआजा गरेपछि विभिन्न समुदायको झाकी तथा भजन कीर्तनसहित भव्य रुपमा रथयात्रा निकालिएको हो । विगत ९३ वर्षदेखि विराटनगरमा रथयात्रा गरिँदै आएको छ ।

भारतको जगन्नाथपुरीमा निकालिने रथयात्रापछि विराटनगरमा आयोजना हुने राधाकृष्ण रथयात्रा दक्षिण एशियाकै दोस्रो ठुलो रथयात्रा रहेको आयोजक समितिको दाबी छ । आज निकालिएको रथयात्रामा हेलिकोप्टरले पुष्पवृष्टि गरेको थियो ।

राधाकृष्णको युगल जोडीको प्रतिमा राख्न बनाइएको रथको लम्बाइ २२ फिट, चौडाई १४ फिट र उचाई १८ फिट रहेको छ । रथमा अगाडीको दाँयावाँया ७५ फिटको लट्ठा डोरी रहने छ र सो डोरीको माध्यमबाट भक्तजनहरूले रथ तान्ने गर्दछन् । कलात्मक शैलीमा भव्य रूपले रथलाई फुल गुच्छाले सिँगारिएको छ । रथ तान्ने डोरी छुँदा तथा रथको दर्शन गर्दा सबै मनोकामना पुरा हुने धार्मिक विश्वास रहिआएको छ ।

The post विराटनगरमा निकालियो विशाल श्री राधाकृष्ण रथयात्रा, हेलिकोप्टरबाट पुष्पवृष्टि appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register