गैरकानूनी रुपमा हङकङ जान खोज्ने झापाका उत्तम थापाको निधन, शव नेपाल ल्याउन पहल शुरु

झापा, ३० भदौ । चीनबाट गैरकानूनी रुपमा हङकङ प्रवेश गर्ने क्रममा दुर्घटनामा परेर हङकङमा निधन भएका झापा मेचीनगरका उत्तम थापाको शब नेपाल ल्याउने प्रक्रिया शुरु भएको छ । मेचीनगर–१० टीमाई भ्यालीका थापा चीनवाट हङकङ जाने क्रममा गत ४ मे २०२४ मा दुर्घटनामा परेका थिए । उनको भदौ १७ गते हङ्कङस्थित पिन्स मार्गेट हस्पिटलमा उपचारका क्रममानिधन [...] The post गैरकानूनी रुपमा हङकङ जान खोज्ने झापाका उत्तम थापाको निधन, शव नेपाल ल्याउन पहल शुरु appeared first on Jhapa Online.

Sep 15, 2024 - 03:17
 0
गैरकानूनी रुपमा हङकङ जान खोज्ने झापाका उत्तम थापाको निधन, शव नेपाल ल्याउन पहल शुरु

झापा, ३० भदौ । चीनबाट गैरकानूनी रुपमा हङकङ प्रवेश गर्ने क्रममा दुर्घटनामा परेर हङकङमा निधन भएका झापा मेचीनगरका उत्तम थापाको शब नेपाल ल्याउने प्रक्रिया शुरु भएको छ ।

मेचीनगर–१० टीमाई भ्यालीका थापा चीनवाट हङकङ जाने क्रममा गत ४ मे २०२४ मा दुर्घटनामा परेका थिए । उनको भदौ १७ गते हङ्कङस्थित पिन्स मार्गेट हस्पिटलमा उपचारका क्रममा
निधन भएको हो । उनी डुङ्गाबाट झरेर घाइते भएका थिए । चार महिनासम्म उनको हङ्कङस्थित अस्पतालमा उपचार गरिएको थियो । तर उनको उपचारकै क्रममा निधन भएको हो ।

घाइते थापालाई नेपाल ल्याउने तयारी गरिरहेका बेला उनको निधन भएको नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले बताए । उपचारको क्रममा करिव १५ लाख हङ्कङ डलर अर्थात नेपाली दुई करोड ७० लाख रुपैयाँ खर्च भएको र सो रकम समाजसेवी पुष्पा गुरुङ लगायतको पहलमा मिनाह गरिएको अन्तर्राष्ट्रिय झापाली समाजका निवर्तमान अध्यक्ष छत्र सुब्बाले जानकारी दिए ।

उनको शव नेपाल ल्याउनका लागि कानूनी प्रक्रिया भइरहेको थेवेले बताए । ६० हजार हङ्कङ डलर अर्थात दश लाख ८० हजार रुपैयाँ शव ल्याउन लाग्ने बताइएको आजको पूर्वाञ्चल दैनिकमा खबर छ ।

The post गैरकानूनी रुपमा हङकङ जान खोज्ने झापाका उत्तम थापाको निधन, शव नेपाल ल्याउन पहल शुरु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register