माओवादी जनता, समाजवाद उन्मुख गणतन्त्रको पक्षमा छ : उपमहासचिव पुन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले माओवादी जनता, समाजवाद उन्मुख गणतन्त्रको पक्ष रहेको स्पष्ट भएको बताएका छन् । माओवादी नेता पोष्टबहादुर बोगटी ‘दिवाकर’को १०औँ स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी जनता र समाजवाद उन्मुख गणतन्त्रको पक्षमा उभिएर सङ्घर्ष गर्ने बेला आएको बताए । उनले भने, […]

Sep 15, 2024 - 05:28
 0
माओवादी जनता, समाजवाद उन्मुख गणतन्त्रको पक्षमा छ : उपमहासचिव पुन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले माओवादी जनता, समाजवाद उन्मुख गणतन्त्रको पक्ष रहेको स्पष्ट भएको बताएका छन् ।

माओवादी नेता पोष्टबहादुर बोगटी ‘दिवाकर’को १०औँ स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी जनता र समाजवाद उन्मुख गणतन्त्रको पक्षमा उभिएर सङ्घर्ष गर्ने बेला आएको बताए ।

उनले भने, ‘अब दलाल तथा नोकरशाही पुँजीवादका विरुद्धको सङ्घर्ष, बिचौलियाहरू विरुद्धको सङ्घर्ष मुख्य भएर जान्छ । त्यसो गर्न सकिएन भने यो गणतन्त्र बिचौलियाहरूको गणतन्त्र हुन्छ, दलालहरूको हुन्छ, राज्य दोहन गर्नेहरूको हुन्छ । तत्कालीन अध्यक्ष कमरेड नेतृत्वको सरकारले सुशासन र गणतन्त्र रक्षाको अभियानलाई अगाडि बढायो । यसले माओवादी कुन कित्ताको भनेर छुट्ट्याएको छ । माओवादी जनता, समाजवाद उन्मुख गणतन्त्रको पक्षको हो भन्ने पुष्टि गर्‍यो ।’

विचार र राजनीति सहिभयो भने मात्र पार्टी र सङ्गठन बलियो हुने उल्लेख गर्दै उनले माओवादी आज देशको एक नम्बर पार्टी भएको दाबी गरे ।

‘समावेशी लोकतन्त्र, धर्म निरपेक्षतासहित यहाँका विविधताहरूलाई समावेशी सहमति अगाडि बढ्ने पार्टी हो माओवादी केन्द्र माओवादीको विचारले आज देश अगाडि बढेको छ । शक्ति गणितीय रूपले कहिले तलमाथि हुनसक्छ । तर विचार र राजनीति सही भयो भने सङ्गठन र पार्टी बन्छ । यसमा माओवादी आज एक नम्बर पार्टी हो,’उनको भनाइ थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register