भाउ बढेको मौकामा सुनको तौल बढी देखाएर ठगी, ३ जना पक्राउ

काठमाडौं । सुनको मुल्य बढेको मौकामा कम भएको सुनको गहना बनाएर धेरै तौल भएको बिल दिएर ठगेको आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुर घर भएका ५५ वर्षीया मनमाया थापा, उदयपुर घर भएका ५४ वर्षीय चन्द्रकला विश्वकर्मा र ललितपुर महालक्ष्मी नगरपालिका बस्ने ४० वर्षीया राधा विश्वकर्मा छन् । उनीहरु भक्तपुरबाट पक्राउ परेका […]

Sep 15, 2024 - 07:24
 0
भाउ बढेको मौकामा सुनको तौल बढी देखाएर ठगी, ३ जना पक्राउ

काठमाडौं । सुनको मुल्य बढेको मौकामा कम भएको सुनको गहना बनाएर धेरै तौल भएको बिल दिएर ठगेको आरोपमा ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कञ्चनपुर घर भएका ५५ वर्षीया मनमाया थापा, उदयपुर घर भएका ५४ वर्षीय चन्द्रकला विश्वकर्मा र ललितपुर महालक्ष्मी नगरपालिका बस्ने ४० वर्षीया राधा विश्वकर्मा छन् । उनीहरु भक्तपुरबाट पक्राउ परेका हन् ।

आरोपीहरुबिरुद्ध प्रहरी वृत्त सातदोबाटोमा उजुरी दर्ता भएको हुनाले थप अनुसन्धानका लागी त्यहाँ पठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी मोहनमणि अधिकारीले बताए।

उनीहरुले ओभर बिलिङ गरेको ३ लाख ४२ हजार बराबरको सुनको गहना प्रहरीले बरामद गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register