बाढीका कारण युरोपका केही देश संकटमा

काठमाडौं । लगातारको वर्षाका कारण यूरोपका विभिन्न क्षेत्रमा बाढी र डुबानको समस्या बढेको छ । बाढीका कारण केन्द्रीय र पूर्वी यूरोपमा आकस्मिक सेवालाई तीव्रता दिइएको छ । मुसलधारे वर्षाका कारण खोलाको जलसतह बढ्दा हजारौँ घर क्षतिग्रस्त भएका छन् । आँधी बोरिसका कारण रोमानियामा दक्षिणी–पूर्वी क्षेत्रमा ४ जनाको मृत्यु भएको छ । सो क्षेत्रमा ७०० भन्दा […]

Sep 15, 2024 - 08:08
 0
बाढीका कारण युरोपका केही देश संकटमा

काठमाडौं । लगातारको वर्षाका कारण यूरोपका विभिन्न क्षेत्रमा बाढी र डुबानको समस्या बढेको छ ।

बाढीका कारण केन्द्रीय र पूर्वी यूरोपमा आकस्मिक सेवालाई तीव्रता दिइएको छ । मुसलधारे वर्षाका कारण खोलाको जलसतह बढ्दा हजारौँ घर क्षतिग्रस्त भएका छन् ।

आँधी बोरिसका कारण रोमानियामा दक्षिणी–पूर्वी क्षेत्रमा ४ जनाको मृत्यु भएको छ । सो क्षेत्रमा ७०० भन्दा बढि घर प्रभावित भएका छन् ।

चेक गणतन्त्रको उत्तरी क्षेत्रमा ५१ हजार घरपरिवारको बिजुली गएको छ । प्रागमा बाढी अवरोधहरुलाई बढाइएको छ ।

खोलामा बाढी आएसँगै ग्लुकोलाजीका केही मानिसलाई पोल्याण्डले उद्दार गरेको छ । जलवायु परिवर्तनका कारण यूरोपमा अत्यधिक वर्षा हुन थालेको बीबीसीले जनाएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register