अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको अध्यक्षमा रेग्मी

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको अध्यक्षमा राहुल रेग्मी निर्विरोध निर्वाचित भएका छन् । उनलाई शनिबार काठमाडौंमा गरिएको संघको छैटौं महाधिवेशनले अध्यक्षमा निर्वाचित गराएको हो । यसै गरी, उपाध्यक्षमा निरञ्जन पौडेल (क्यानडा) र डा. मनिता राजकर्णिकार (नेपाल), महासचिवमा उत्तम अधिकारी (नेपाल), सचिवमा तेज कटुवाल (कतार) र कोषाध्यक्षमा सुनिल राज श्रेष्ठ (युएई), मिडिया संयोजकमा रामराज ओली […]

Sep 15, 2024 - 08:08
 0
अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको अध्यक्षमा रेग्मी

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको अध्यक्षमा राहुल रेग्मी निर्विरोध निर्वाचित भएका छन् । उनलाई शनिबार काठमाडौंमा गरिएको संघको छैटौं महाधिवेशनले अध्यक्षमा निर्वाचित गराएको हो ।

यसै गरी, उपाध्यक्षमा निरञ्जन पौडेल (क्यानडा) र डा. मनिता राजकर्णिकार (नेपाल), महासचिवमा उत्तम अधिकारी (नेपाल), सचिवमा तेज कटुवाल (कतार) र कोषाध्यक्षमा सुनिल राज श्रेष्ठ (युएई), मिडिया संयोजकमा रामराज ओली (न्यूजिल्याण्ड) चयन भएका छन् । २९ सदस्यीय नयाँ कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष राहुल रेग्मीले संघ रक्तदान सम्बन्धी जनचेतना जगाई यसमा सरिक हुन प्रेरित गर्ने अन्तर्राष्ट्रिय संस्था रहेको र यसले अहिलेसम्म २१ देशमा आफ्नो भगिनी संस्थाहरू विस्तार गर्न सफल भएको बताए ।

उनले जहाँ जहाँ जुन जुन देशमा नेपालीहरू पुगेका छन् त्यहाँ रक्तदानसम्बन्धी जनचेतना जगाई सोही स्थानमा रक्तदानमा सरिक गराउने काममा संघले काम गरिरहेको जनाए । उनले आफ्नो आगामी कार्ययोजनाहरुका बारेमा समेत जानकारी गराएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register