सापकोटा भन्छन्- स्वार्थ मिल्यो भने नेताहरू आश्चर्यजनक ढङ्गबाट मिल्छन्

काठमाडौं । पूर्वसभामुखसमेत रहेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले मिल्नुपर्ने ठाउँमा नेताहरू नमिल्दा राष्ट्र कमजोर बनेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सापकोटाले यस्तो बताएका हुन् । “स्वार्थ मिल्यो भने नेताहरू थाहै नपाइ मिल्छन् । नमिल्ने कुरामा चाहिँ आश्चर्यजनक रूपमा मिल्छन्, मिल्नुपर्ने ठाउँमा मिल्दैनन्,” उनले भने । मिल्नुपर्ने कुरामा […]

Sep 19, 2024 - 08:40
 0
सापकोटा भन्छन्- स्वार्थ मिल्यो भने नेताहरू आश्चर्यजनक ढङ्गबाट मिल्छन्

काठमाडौं । पूर्वसभामुखसमेत रहेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले मिल्नुपर्ने ठाउँमा नेताहरू नमिल्दा राष्ट्र कमजोर बनेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सापकोटाले यस्तो बताएका हुन् । “स्वार्थ मिल्यो भने नेताहरू थाहै नपाइ मिल्छन् । नमिल्ने कुरामा चाहिँ आश्चर्यजनक रूपमा मिल्छन्, मिल्नुपर्ने ठाउँमा मिल्दैनन्,” उनले भने ।

मिल्नुपर्ने कुरामा नेताहरू मिले राष्ट्र सबल हुने उनले दाबी गरे । “तर, जब नमिल्नुपर्ने ठाउँमा नेताहरू मिल्छन्, त्यसपछि देश कमजोर बन्छ,” उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register