टिकटक भिडिओमा हतियार देखाउँदै त्रास सिर्जना गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । पर्सामा सामाजिक टिकटकमा हातहतियार देखाउँदै पोस्ट गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१५ बस्ने २१ वर्षीय ओमकुमार पटेल छन् । उनले टिकटकसहित फेसबुकमा पनि भिडिओ अपलोड गरेको आरोप छ । पटेललाई सार्वजनिक शान्तिविरुद्धको कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सामाजिक सञ्जालमा किङ पर्सा नामबाट अपशब्द प्रयोग गर्ने, गाली […]

Sep 17, 2024 - 10:00
 0
टिकटक भिडिओमा हतियार देखाउँदै त्रास सिर्जना गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । पर्सामा सामाजिक टिकटकमा हातहतियार देखाउँदै पोस्ट गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१५ बस्ने २१ वर्षीय ओमकुमार पटेल छन् ।

उनले टिकटकसहित फेसबुकमा पनि भिडिओ अपलोड गरेको आरोप छ । पटेललाई सार्वजनिक शान्तिविरुद्धको कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सामाजिक सञ्जालमा किङ पर्सा नामबाट अपशब्द प्रयोग गर्ने, गाली गर्ने, हातहतियार प्रदर्शन गरी त्रास सिर्जना गर्नेलगायत अराजक गतिविधि गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई मंगलबार वीरगन्ज–प्रतिमा चोकबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register