जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

काठमाडौं। मोरङ, ग्रामथान गाउँपालिका-४ कटहरा टोलस्थित बाँसघारीमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-४ बस्ने ५५ वर्षीय अहिलाल माझी समेत ९ जनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १८ लाख ५१ हजार ५ सय रूपैयाँ, १६ थान कौडा, १२ बुक तास, मोबाइल […]

Sep 15, 2024 - 08:14
 0
जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

काठमाडौं।

मोरङ, ग्रामथान गाउँपालिका-४ कटहरा टोलस्थित बाँसघारीमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-४ बस्ने ५५ वर्षीय अहिलाल माझी समेत ९ जनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १८ लाख ५१ हजार ५ सय रूपैयाँ, १६ थान कौडा, १२ बुक तास, मोबाइल १५ थान लगायतका सरसामानसहित पक्राउ गरेको हो ।

यस्तै बर्दिया, बाँसगढी नगरपालिका-९ चिसापानीस्थित कुशल वलीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने दैलेख भगवती माई गाउँपालिका-२ घर भएका ३६ वर्षीय जय बहादुर सुनार समेत ४ जनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार २ सय ७० रूपैयाँ र २१ बुक तास सहित पक्राउ गरेको हो ।

साथै उनीहरूले प्रयोग गरेका ४ वटा मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register