अख्तियारका कामकारवाही पारदर्शी र प्रभावकारी बनाउन आवश्यक : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कामकारवाही पारदर्शी र प्रभावकारी बनाउनुपर्ने बताएका छन् । आइतबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेललाई प्रस्तुत गरेका थिए । प्रतिवेदन बुझेपछि राष्ट्रपति पौडेलले भ्रष्टाचारजन्य कसूरको पहिचान, अनुसन्धान, तहकिकात र अभियोजन प्रक्रियालाई वैज्ञानिक, तथ्यपरक […]

Sep 15, 2024 - 08:16
 0
अख्तियारका कामकारवाही पारदर्शी र प्रभावकारी बनाउन आवश्यक : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कामकारवाही पारदर्शी र प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

आइतबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेललाई प्रस्तुत गरेका थिए ।

प्रतिवेदन बुझेपछि राष्ट्रपति पौडेलले भ्रष्टाचारजन्य कसूरको पहिचान, अनुसन्धान, तहकिकात र अभियोजन प्रक्रियालाई वैज्ञानिक, तथ्यपरक र नतिजामुखी बनाउनुपर्नेमा जोड दिएका हुन् ।

यस्तै, उनले अख्तियारको संस्थागत क्षमता विकास र कर्मचारीहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्न आवश्यक रहेको पनि बताएका छन् ।

उनले अख्तियारले भ्रष्टाचार नियन्त्रणका लागि विभिन्न रणनीतिहरू अवलम्बन गर्दै आएको र कार्य सम्पादनमा निष्पक्षता र निर्भीकता कायम राखेकोमा खुशी व्यक्त गरेका छन् ।

यस्तै, उनले प्रतिवेदनमा उठाइएका महत्वपूर्ण विषयहरूलाई नेपाल सरकारले प्रभावकारी रूपमा सम्बोधन गर्ने विश्वास पनि व्यक्त गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register