भेनेजुएलामा षडयन्त्रको आरोपमा अमेरिकी र स्पेनी नागरिक पक्राउ

एजेन्सी । भेनेजुएलाले राष्ट्रपति निकोलास मडुरोको सरकारविरुद्ध षडयन्त्र गरेको आरोपमा तीन अमेरिकी र दुई स्पेनी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिहरूले मडुरोको सरकार ढाल्न र उच्च अधिकारीहरूको हत्या गर्न योजना बनाइरहेको देशका आन्तरिक मामिला मन्त्री डियोसडाडो कबेयोले दाबी गरेका छन् । शनिबार आयोजित पत्रकार सम्मेलनमा आन्तरिक मामिला कबेयोले पक्राउ परेकाले भाडाका सैनिकहरू ल्याएर […]

Sep 15, 2024 - 08:16
 0
भेनेजुएलामा षडयन्त्रको आरोपमा अमेरिकी र स्पेनी नागरिक पक्राउ

एजेन्सी । भेनेजुएलाले राष्ट्रपति निकोलास मडुरोको सरकारविरुद्ध षडयन्त्र गरेको आरोपमा तीन अमेरिकी र दुई स्पेनी नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ परेका व्यक्तिहरूले मडुरोको सरकार ढाल्न र उच्च अधिकारीहरूको हत्या गर्न योजना बनाइरहेको देशका आन्तरिक मामिला मन्त्री डियोसडाडो कबेयोले दाबी गरेका छन् ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा आन्तरिक मामिला कबेयोले पक्राउ परेकाले भाडाका सैनिकहरू ल्याएर मडुरो, उपराष्ट्रपति डेल्सी रोड्रिगेज र अन्य नेताहरूको हत्या गर्ने योजना बनाएको दाबी गरे ।

उनले थप ४०० बन्दुक पनि कब्जा गरिएको जनाए, जसलाई फाँसीवादी आक्रमणमा प्रयोग गर्न लागिएको भनिएको छ ।

भेनेजुएलामा जारी राजनीतिक अस्थीरता र विदेशी नागरिकहरूको पक्राउले संकट थप गहिरिने संकेत गरेको छ ।

भेनेजुएलाको सरकारले यस षडयन्त्रमा अमेरिकी संलग्नता रहेको आरोप लगाएको छ । तर, वासिङ्टनले ती आरोपहरू अस्वीकार गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘मडुरोलाई सत्ताच्युत गर्न गरिएको षडयन्त्रमा अमेरिकाको कुनै हात छैन । हामी भेनेजुएलाको सङ्कटको लोकतान्त्रिक समाधानको पक्षमा छौँ ।’

स्पेनसँग पनि सम्बन्ध बिग्रँदै

स्पेनी नागरिकहरूको पक्राउपछि भेनेजुएला र स्पेनबीचको सम्बन्ध पनि तनावपूर्ण बनेको छ ।

मडुरो सरकारले स्पेनी गुप्तचर संस्थासँग पक्राउ परेका स्पेनी नागरिकहरू जोडिएको आरोप लगाएको छ, जुन स्पेनी अधिकारीहरूले अस्वीकार गरेका छन् ।

स्पेनी राजदूतावासले पक्राउ परेका नागरिकहरूलाई कानुनी सहायता र पहुँच उपलब्ध गराउन माग गरेको छ ।

चुनावपछि बढ्दो विवाद

जुलाईमा सम्पन्न भएको राष्ट्रपति चुनावपछि भेनेजुएला र पश्चिमी देशहरूबीचको सम्बन्ध झन् बिग्रिएको छ ।

मडुरोलाई चुनावमा धाँधली गरेको आरोप लगाउँदै अमेरिका र स्पेनले उनलाई समर्थन गर्ने उच्च अधिकारीहरूमाथि प्रतिबन्ध लगाएका छन् ।

विपक्षी दलले चुनावको परिणाम अस्वीकार गर्दै आफ्नो उम्मेदवार एडमुन्डो गन्जालिजले जितेको दाबी गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register