क–कसले पाए ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड’ ?

काठमाडौं । नेपालसहित विभिन्न देशका दक्ष्य व्यक्तित्वहरूलाई ‘एसियन प्रोफेसन अचिभमेन्ट अवार्ड २०२४’ बाट सम्मान गरिएको छ । संविधान दिवसको अवसरमा सिजन मिडियाले बुधबार उनीहरूलाई अवार्ड प्रदान गरेको हो । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विभिन्न मुलुकका व्यवसायीलाई अवार्ड वितरण गरे । अवार्ड प्राप्त गर्नेमा ग्लोबल डिप्लोमेसी एण्ड इकोनोमिक एक्सिलेन्स अवार्डबाट नेपालका लागि गणतन्त्र भियतनामका अवैतनिक वाणिज्य […]

Sep 18, 2024 - 18:04
 0
क–कसले पाए ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड’ ?

काठमाडौं । नेपालसहित विभिन्न देशका दक्ष्य व्यक्तित्वहरूलाई ‘एसियन प्रोफेसन अचिभमेन्ट अवार्ड २०२४’ बाट सम्मान गरिएको छ । संविधान दिवसको अवसरमा सिजन मिडियाले बुधबार उनीहरूलाई अवार्ड प्रदान गरेको हो ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विभिन्न मुलुकका व्यवसायीलाई अवार्ड वितरण गरे । अवार्ड प्राप्त गर्नेमा ग्लोबल डिप्लोमेसी एण्ड इकोनोमिक एक्सिलेन्स अवार्डबाट नेपालका लागि गणतन्त्र भियतनामका अवैतनिक वाणिज्य दूत समेत रहेका उद्यमी, व्यवसायी डा राजेश काजी श्रेष्ठ, आउटस्ट्याण्डिङ लिडरसीप इन बैंकिङ अवार्डबाट बैंकर सुनिल केसी र लिडरसीप एक्सिलेन्स इन नेफ्रोलजी एण्ड पब्लिक हेल्थ सर्भिस अवार्डबाट चिकित्सक अनिल पोखरेल रहेका छन् ।

यस्तै आइकोनिक बिजनेस आन्टरप्रिनरसीप अवार्डबाट उद्यमी व्यवसायी क्याबिनेट श्रेष्ठ, भिजनरी एडुकेटर एण्ड रिसर्चर अवार्डबाट डा स्वागत श्रेष्ठ, भिजनरी लिडर इन नन् लाइफ इन्सुरेन्स अवार्डबाट युगेश भक्त बाडे श्रेष्ठ, ग्लोबल एडुकेशन लिडरशीप अवार्डबाट महेन्द्रराज कँडेल, ग्लोबल पिस एण्ड ह्युमानिटेरियन लिडरसीप अवार्डबाट डा पियारत्न महर्जन सम्मानित भएका छन् ।

यसैगरी सो अवार्ड कार्यक्रममा आउटस्ट्याण्डिङ जर्नालिजम अवार्डबाट मनऋषि धिताल, इनोभेटिभ लिडरसीप इन एस्थेटिक एक्सिलेन्स अवार्डबाट मा डोङ शु, डिस्टिङग्वीस्ड मिडिया प्रोफेसनल अवार्डबाट निर्मला शर्मा, मिडिया एण्ड फेसन आन्टरप्रिनरसीप अवार्डाबाट पूर्वमिस नेपाल एवं सञ्चारकर्मी उषा खड्गी, एक्सिलेन्स इन् भिडियो जर्नालिजम अवार्डबाट शिव पङ्गेनी, डिजिटल फाइनान्स इनोभेटर अफ द इयर अवार्डबाट अमित अग्रवाल, आइकोनिक पर्फमर अवार्डबाट गायिका इन्दिरा जोशी, आउटस्ट्याण्डिङ लोकल गभरनेन्स अवार्डबाट शुक्र चुमन, सुनिता अधिकारी वुमन आन्टरप्रिनरशी अवार्ड, डायस्पोरा लिडर इन मिडिया एण्ड कम्युनिटी अवार्डबाट प्रदीप तिमिल्सिना तथा इन्सिपायरिङ युथ आन्टरप्रिनरशीप अवार्डबाट डभिल सिंह राजपूत सम्मानित भएका छन् ।

आआफ्नो कर्म क्षेत्रमा लामो समयको निरन्तरता, उपस्थिति र उल्लेखनीय उपलब्धिसँगै सो क्षेत्रको श्रीवृद्धिमा अतुलनीय योगदान दिएका विभिन्न नेपाली व्यावसायिक व्यक्तित्वबाहेक एसियन प्रोफेसनल अचिभेन्ट अवार्ड २०२४ ले विभिन्न मुलुकका व्यावसायिक सफलता हात पारेका व्यक्तिलाई पनि विभिन्न अवार्डबाट सम्मानीत गरेको थियो ।

जसअन्तर्गत पाकिस्तानका वाहेब सलिम चुङताईलाई फोटोजर्नलिजम अचिभमेन्ट अवार्ड, चीनका झाङ जिनसियाङलाई एग्रिकल्चरल इनोभेसन एण्ड ट्रेड लिडरसीप अवार्ड दिइयो । भियतनामकी युई सिबाओलाई ग्लोबल ह्युम्यानिटेरियन एण्ड क्युलिनरी इनोभेटर अवार्ड, थाइल्याण्डकी वाडसना राईलाई एक्जेप्लेरी लिडरशीप अवार्ड, चीनका सु छुईलाई भिजनरी फोटोग्राफर एण्ड कल्चरल एड्भोकेशी अवार्ड प्रदान गरियो ।

बङ्गलादेशका मोनिरुल इस्लाम शाबुजलाई एक्सिलेन्स इन् फोटोजर्नलिजम अवार्ड, पाकिस्तानका मोहशीन मशुद दारलाई एक्सिलेन्स इन् हस्पिटालिटी लिडरशीप अवार्ड, मलेसियाकी डा जयामालिनी इएगानाथनलाई ग्लोबल एक्सिलेन्स इन् एजुकेशन एण्ड सस्टेनेबिलिटी अवार्ड तथा भारतका सिद्धार्थ चावलालाई पायनियर इन् ग्लोबल एक्सपान्सन एण्ड अपरेसनल एक्सिलेन्स अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका ख्याति प्राप्त व्यक्तित्वहरूको उपस्थिति थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register