दिल्लीका मुख्यमन्त्री केजरीवालले गरे राजीनामाको घोषणा

काठमाडौं । भारतको  दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामाको घोषणा गरेका छन् । आइतबार दिल्लीमा कार्यकर्तालाई सम्बोधन गर्दै दुई दिनभित्र राजीनामा दिने घोषणा गरेका हुन् । केजरीवालले जनताले ‘इमान्दारीको प्रमाणपत्र’ नदिएसम्म मुख्यमन्त्रीको पदमा नफर्कने समेत बताएका छन् । उनले भने, ‘जनताले इमान्दारी र निष्ठाको प्रमाण दिएपछि मात्र म मुख्यमन्त्रीको कुर्सीमा बस्छु । म अब अग्निपरीक्षा दिन […]

Sep 15, 2024 - 09:52
 0
दिल्लीका मुख्यमन्त्री केजरीवालले गरे राजीनामाको घोषणा

काठमाडौं । भारतको  दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामाको घोषणा गरेका छन् । आइतबार दिल्लीमा कार्यकर्तालाई सम्बोधन गर्दै दुई दिनभित्र राजीनामा दिने घोषणा गरेका हुन् ।

केजरीवालले जनताले ‘इमान्दारीको प्रमाणपत्र’ नदिएसम्म मुख्यमन्त्रीको पदमा नफर्कने समेत बताएका छन् । उनले भने, ‘जनताले इमान्दारी र निष्ठाको प्रमाण दिएपछि मात्र म मुख्यमन्त्रीको कुर्सीमा बस्छु । म अब अग्निपरीक्षा दिन चाहन्छु ।’

केजरीवाल अदालतको आदेशमा शुक्रबार जमानतमा रिहा भएका थिए । केजरीवालले दिल्लीको विधानसभा चुनाव नोभेम्बरमै गर्नसमेत माग गरेका छन् । दिल्लीको विधानसभा चुनाव आगामी फेब्रुअरीका लागि तय गरिएको छ ।

कथित मदिरा भ्रष्टाचार प्रकरणमा केजरीवाललाई भारतको केन्द्रीय जाँच ब्युरो सीबीआइले पक्राउ गरेको थियो । तर, उनले यसविरुद्ध न्यायालय गुहारेका थिए ।

सर्वोच्च अदालतले तत्काल पूर्ण सुनुवाइ सकिने सम्भावना नरहेकाले ‘व्यक्तिगत स्वतन्त्रता’ लाई मध्यनजर गर्दै केजरीवाललाई धरौटीमा छाड्ने आदेश गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register