उड्नै लागेको बुद्ध एयरको जहाजको इन्जिनमा समस्या, रनवेमा स्पिड लिएको जहाज एक्कासी झ्याप्प रोकियो !

काठमाडौँ । बुद्ध एयरको जहाजको इन्जिनमा समस्या आएको छ । शनिबार पोखराबाट काठमाडौँका लागि उडान भर्न ठिक्क परेको बुद्ध एयरको यु४ ६१६ उडान नम्बरको जहाजको इन्जिनमा समस्या आएको हो । जहाज पार्किङबाट रनवे (धावनमार्ग) पुगेर उडानका लागि ‘हाई स्पिड’ लिइसकेको थियो । तर, उडनका लागि स्पिड लिइसकेको जहाज एक्कासी रोकिएको थियो । त्यसपछि विमानका पाइलटले […]

Sep 8, 2024 - 05:15
 0
उड्नै लागेको बुद्ध एयरको जहाजको इन्जिनमा समस्या, रनवेमा स्पिड लिएको जहाज एक्कासी झ्याप्प रोकियो !

काठमाडौँ । बुद्ध एयरको जहाजको इन्जिनमा समस्या आएको छ । शनिबार पोखराबाट काठमाडौँका लागि उडान भर्न ठिक्क परेको बुद्ध एयरको यु४ ६१६ उडान नम्बरको जहाजको इन्जिनमा समस्या आएको हो ।

जहाज पार्किङबाट रनवे (धावनमार्ग) पुगेर उडानका लागि ‘हाई स्पिड’ लिइसकेको थियो ।

तर, उडनका लागि स्पिड लिइसकेको जहाज एक्कासी रोकिएको थियो । त्यसपछि विमानका पाइलटले जहाजको इन्जिनमा समस्या देखिएको भन्दै जहाजलाई पोखरा अन्तराष्ट्रिय विमानस्थलको रनवेबाट पुनः पार्किङमा फर्काइएको जहाजमा सवार एक यात्रुले बताएका छन् ।

ती यात्रुका अनुसार रनवेमा जहाज एक्कासी रोक्किएपछि जहाज केही अनियन्त्रित भएको थियो । तर, पाइलटले केहीबेरमै जहाजलाई नियन्त्रणमा लिएका थिए । उडान भर्न स्पिड लिइसकेको जहाज एक्कासी रोकिँदा यात्रुहरुमा त्रास सृजना भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register