महिलाले कस्तो पुरुष बढी मन पराउँछन्, दाह्री भएको कि नभएको ?

काठमाडौं । दाह्री राख्ने कि क्लीन शेभ ? दुवैको आआफ्नै तर्क छन् । सामान्यतया धारणा यो छ कि महिलालाई चकलेटी र क्लीन शेभ भएका पुरुष मन पर्छ । तर, अध्ययन र अनुसन्धानका अनुसार महिला क्लीन शेभको तुलनामा दाह्री भएका पुरुषलाई बढी आकर्षक मान्छन् । उनीहरूलाई लामो समयका लागि बढी विश्वासिलो साथी मान्छन् । क्वीन्सल्याण्ड विश्वविद्यालयका […]

Sep 15, 2024 - 12:56
 0
महिलाले कस्तो पुरुष बढी मन पराउँछन्, दाह्री भएको कि नभएको ?

काठमाडौं । दाह्री राख्ने कि क्लीन शेभ ? दुवैको आआफ्नै तर्क छन् । सामान्यतया धारणा यो छ कि महिलालाई चकलेटी र क्लीन शेभ भएका पुरुष मन पर्छ । तर, अध्ययन र अनुसन्धानका अनुसार महिला क्लीन शेभको तुलनामा दाह्री भएका पुरुषलाई बढी आकर्षक मान्छन् ।

उनीहरूलाई लामो समयका लागि बढी विश्वासिलो साथी मान्छन् । क्वीन्सल्याण्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले दाह्री भएका र नभएका पुरुषबारे महिलाको रुचि जान्न ८ हजार ५०० भन्दा बढी महिलाबीच सर्वेक्षण गरे । उनीहरूलाई सम्बन्ध बारे विभिन्न प्रश्न सोधिएको थियो ।

यी सबै सर्वेक्षण र अध्ययन युरोपेली र अमेरिकी देशका हुन् । अध्ययनले निष्कर्ष निकालेको छ कि महिलाहरू विवाहका लागि दाह्री भएका पुरुष नै बढी मन पराउँछन् । क्लीन शेभ भएका पुरुषलाई सामान्य सम्बन्धका लागि ठीक मान्छन् ।

रिपोर्ट अनुसार दाह्रीले पुरुषलाई परिपक्व र सामाजिक रूपमा प्रतिष्ठित देखाउँछ । दाह्रीलाई दीर्घकालीन सम्बन्धको लागि सफा अनुहारको तुलनामा बढी आकर्षक मानिन्छ । यद्यपि, केही अनुसन्धानहरू यसबारे फरक भन्छन् ।

एक डेटिङ साइटले अध्ययनपछि निष्कर्ष निकालेको छ कि ६० प्रतिशत महिलालाई दाह्री भएका पुरुष आकर्षक लागे । तीमध्ये ५० प्रतिशत महिलाका जीवनसाथी दाह्री र जुँगा भएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register