एमाले-एकीकृत समाजवादी त्यागेर सयौं नेता माओवादी प्रवेश

झापा । झापाका पुराना वामपन्थी नेता लोकबन्धु कन्दङ्वासहित सयौं नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । माओवादी केन्द्र, झापाले बिर्तामोडमा गरेको राजनीति प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरूलाई पार्टी प्रवेश गराएका हुन् । कन्दङ्वा दुई वर्षअघि नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सदस्यबाट राजीनामा दिएर स्वतन्त्र वामपन्थी बुद्धिजीवीको रूपमा सकृय […]

Sep 15, 2024 - 13:04
 0
एमाले-एकीकृत समाजवादी त्यागेर सयौं नेता माओवादी प्रवेश

झापा । झापाका पुराना वामपन्थी नेता लोकबन्धु कन्दङ्वासहित सयौं नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।

माओवादी केन्द्र, झापाले बिर्तामोडमा गरेको राजनीति प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरूलाई पार्टी प्रवेश गराएका हुन् । कन्दङ्वा दुई वर्षअघि नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सदस्यबाट राजीनामा दिएर स्वतन्त्र वामपन्थी बुद्धिजीवीको रूपमा सकृय थिए ।

विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरूमा मोहन योगी, सिता रण पँहेली, जगत राई, अञ्जर अलि सन्तबहादुर कुमाल,विवेक, राजु लिम्बू, शेखर लामिछाने, विजय लामा, पवन राजवंशी, महेश कार्की, मन्नी देव , मनोज गेलाल, पर्वत लामा, शान्ता लिम्बू, शिबु राजवंशी, कला ढकाल, रिता ढकाल, सत्र रिजाल, मदन भण्डारी, कुमार भट्टराई, खगेन्द्र कट्टेल, देव कट्टेल, पुण्ड्य प्रसाद खनाल, अनिता गिरि, राखेक दर्नाल, अभिशेष कालिकोटे,टिका अधिकारी, पुजा महत, सुष्मा सुवेदी, राम बहादुर चेम्जोङ, गंगाप्रसाद आचार्य,सरस्वती बस्नेत, सन्तोष पर्साइ, प्रेम्बा दोर्जे तामाङ, सुसिला भुजेल,भविबन्द्र लिम्बु, सञ्जिव आम्दाम्बे,रुपादेवी सिवाकोटी, सुक्ला राजवंशी, अनिल राई,शंकर थापा, सुवास सुवेदी, पदम भण्डारी, चन्द्रप्रसाद नेपाल, विशाल राजवंशी, नेहा राजवंशी, स्नेहा राई, रामबहादुर कार्की, पदम सम्भाहाम्फे, सिता लिम्बु, मणी खनाल, विनोद ढकाल,सिता श्रेष्ठ लगायत रहेका छन् ।

प्रवेश गर्नेमा एमालेका जिल्ला तथा नगरस्तरीय नेता रहेका छन् । त्यसैगरी, जसपाको विद्यार्थी सङ्गठनका ६४ जना माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) मा समायोजन भएका छन् ।

माओवादी केन्द्र प्रवेश गरेका कन्दङ्वा जनताको भावना र ऐजेन्डा बुझेर आफ्नो कार्यदिशा तय गर्ने पार्टी माओवादी केन्द्र भएको र आज मुलुक जुन ठाउँमा छ, त्यो माओवादीका कारण सम्भव भएको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register