चोरीको चार वटा मोटरसाइकलसहित चार जना समातिए

धनकुटा, ३१ भदौ । धनकुटाको साँगुरीगढी गाउँपालिका–३ कमुवा खोला स्थितबाट चोरीको चारवटा मोटरसाइकलसहित चोरीमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा साँगुरीगढी–३ का २३ वर्षीय सबिन याख्खा, ३४ वर्षीय सन्तकुमार श्रेष्ठ, २४ वर्षीय अमृत याख्खा र धनकुटा नगरपालिका–४ का १८ वर्षीय आयुस विश्वकर्मा रहेका छन् । भाद्र ३० गते सुनसरीको इलाका [...] The post चोरीको चार वटा मोटरसाइकलसहित चार जना समातिए appeared first on Jhapa Online.

Sep 16, 2024 - 06:05
 0
चोरीको चार वटा मोटरसाइकलसहित चार जना समातिए

धनकुटा, ३१ भदौ । धनकुटाको साँगुरीगढी गाउँपालिका–३ कमुवा खोला स्थितबाट चोरीको चारवटा मोटरसाइकलसहित चोरीमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटा साँगुरीगढी–३ का २३ वर्षीय सबिन याख्खा, ३४ वर्षीय सन्तकुमार श्रेष्ठ, २४ वर्षीय अमृत याख्खा र धनकुटा नगरपालिका–४ का १८ वर्षीय आयुस विश्वकर्मा रहेका छन् । भाद्र ३० गते सुनसरीको इलाका प्रहरी कार्यालय धरान र प्रहरी चौकी मुलघाट धनकुटाबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मोटरसाइकल चोरीमा संलग्न रहेका उनीहरुलाई विभिन्न मितिमा चोरी भएको को २६ प ८३७३, बा ६७ प २४१७ नम्बरको पल्सर मोटरसाइकल र को २८ प ७४७१, को १७ प ९७१८ नम्बरको स्कुटर सहित पक्राउ गरेको हो ।

चोरीको मोटरसाइकल र स्कुटरसहित पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको छ ।

The post चोरीको चार वटा मोटरसाइकलसहित चार जना समातिए appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register