पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

काठमाडौँ ।  नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । डिजेल र मट्टीतेल प्रतिलिटर पाँच रुपैयाँ र पेट्रोल प्रतिलिटर चार रुपैयाँले घटेको हो । भारतीय आयल निगमबाट आईतबार प्राप्त नयाँ खरिद मूल्य अनुसार भाउ घटेर आएकाले आइतबार राति १२ बजेपछि लागू हुने गरी मूल्य घटाइएको नेपाल आयल निगमद्वारा जनाएको छ । नयाँ […]

Sep 16, 2024 - 06:20
 0
पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो
काठमाडौँ ।  नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । डिजेल र मट्टीतेल प्रतिलिटर पाँच रुपैयाँ र पेट्रोल प्रतिलिटर चार रुपैयाँले घटेको हो ।
भारतीय आयल निगमबाट आईतबार प्राप्त नयाँ खरिद मूल्य अनुसार भाउ घटेर आएकाले आइतबार राति १२ बजेपछि लागू हुने गरी मूल्य घटाइएको नेपाल आयल निगमद्वारा जनाएको छ । नयाँ खरिद मूल्य प्राप्त भएपछि निगमको सोहि दिन बसेको सञ्चालक परिषद् बैठकले भाउ घटाउने निर्णय गरेको हो ।
निगमको डिपो कार्यालयबाट १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य कायम गरिएको पनि निगमले जनाएको छ ।
निगमले विभिन्न जिल्लालाई तीन वर्गमा विभाजन गरी त्यसै अनुसार मूल्य निर्धारण गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register