वाइकोले दिएको ‘सिष्टम’ ह्याक, बनाउन खोज्दा अन्य टिएमएसमा पनि समस्या !

काठमाडौं । वाइकोले विभिन्न ब्रोकरलाई दिएको अकाउन्टिङ सफ्ट्वेरमध्ये एक ब्रोकर कम्पनीलाई दिएको सफ्ट्वेर ‘बोस’ ह्याक भएको छ । आइतबार ह्याकरले सो सोफ्ट्वेर ह्याक गरी बिट्क्वाइनमार्फत भुक्तानी मागेपछि सो ब्रोकरले वाइकोलाई सहयोग मागेको थियो । वाइकोले यसमा आफुले केही पनि गर्न नसक्ने जवाफ दिएपछि अहिले सो ब्रोकर समस्यामा छ । लगानीकर्ताबाट पाउने र दिनुपर्ने पैसाको हिसाब […]

Sep 16, 2024 - 08:04
 0
वाइकोले दिएको ‘सिष्टम’ ह्याक, बनाउन खोज्दा अन्य टिएमएसमा पनि समस्या !

काठमाडौं । वाइकोले विभिन्न ब्रोकरलाई दिएको अकाउन्टिङ सफ्ट्वेरमध्ये एक ब्रोकर कम्पनीलाई दिएको सफ्ट्वेर ‘बोस’ ह्याक भएको छ । आइतबार ह्याकरले सो सोफ्ट्वेर ह्याक गरी बिट्क्वाइनमार्फत भुक्तानी मागेपछि सो ब्रोकरले वाइकोलाई सहयोग मागेको थियो । वाइकोले यसमा आफुले केही पनि गर्न नसक्ने जवाफ दिएपछि अहिले सो ब्रोकर समस्यामा छ । लगानीकर्ताबाट पाउने र दिनुपर्ने पैसाको हिसाब नै हराएपछि समस्यामा परेको सो ब्रोकरले बोस सफ्ट्वेरमै समस्या रहेको दाबी गरेपछी वाइकोले आफ्नो सिष्टममा भएको कमी कमजोरी खोतलखातल गरिरहेको छ । सोही क्रममा आज विभिन्न ब्रोकर कम्पनीका टिएमएसमा पनि समस्या देखिएको छ ।

`हाम्रो ब्रोकर कम्पनीको सफ्ट्वेर ह्याक हुँदा लगानीकर्ताको सबै डाटा हराएको छ । ह्याकरले बिट्क्वाइन मार्फत भुक्तानी मागेपछी भुक्तानी गर्ने अवस्था पनि छैन ।´ ती ब्रोकरका कर्मचारीले भने `वाइकोको सबै सफ्ट्वेर ह्याकरको निशानामा पर्ने देखियो । अब पनि सचेत नबन्ने हो भने पूरै सेयर बजारमा समस्या हुने देखिएको छ ।´

वाइकोका कर्मचारीले पनि आफ्नो कम्पनील्व दिएको सफ्ट्वेर ह्याक भएको स्वीकारेका छन् । कम्पनीका प्रमुख सम्पर्कमा नआएपछि अर्थ सरोकारले सम्पर्क गरेका ती कर्मचारीले टिएमएसमा नभई अकाउन्टिङ सफ्ट्वेरमा ह्याकर प्रवेश गरेको र यश विषयमा थप काम भईरहेको जानकारी दिएका छन् ।

`एउटा ब्रोकरको मात्र सफ्ट्वेर ह्याक भएकोले वाइकोको समस्या नभई सम्बन्धित कम्पनीकै समस्या हो भन्ने प्रारम्भिक कुरा छ । तर फेरि पनि सफ्ट्वेर दिने त हामी हौँ भनेर हेर्ने काम भईरहेको छ । यहि क्रममा केही टिएएस पनि चेक गरिएको छ । केही टिएएएसमा सोही कारण समस्यासमेत देखिएको छ । ´

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register