ग्यालेक्सी फोके टिभिले तिरेन २५ लाख बढी भडा, घर खाली गराईदिन महानगरमा घरभेटीको निवेदन

काठमाडौँ । ग्यालेक्सी फोके टेलिभिजन संचालन गर्ने गोर्खा मिडिया प्रा.लि. ले घर भाडा नतिरेको पाइएको छ । गोर्खा मिडियाले १० महिनादेखिको घर भाडा नतिरेको पाइएको हो ।  उक्त मिडियाले घरभाडा नतिरेपछि घरधनीले  घर खाली गर्न महानगरमा निवेदन दिएका छन् । घरधनी मृगेन्द्रप्रसाद मिश्रका अनुसार २०७७ साल भदौ २५ गते मिडियाका तत्कालीन अध्यक्ष छविलाल जोशीले १० […]

Sep 16, 2024 - 11:20
 0
ग्यालेक्सी फोके टिभिले तिरेन २५ लाख बढी भडा, घर खाली गराईदिन महानगरमा घरभेटीको निवेदन

काठमाडौँ । ग्यालेक्सी फोके टेलिभिजन संचालन गर्ने गोर्खा मिडिया प्रा.लि. ले घर भाडा नतिरेको पाइएको छ । गोर्खा मिडियाले १० महिनादेखिको घर भाडा नतिरेको पाइएको हो । 

उक्त मिडियाले घरभाडा नतिरेपछि घरधनीले  घर खाली गर्न महानगरमा निवेदन दिएका छन् । घरधनी मृगेन्द्रप्रसाद मिश्रका अनुसार २०७७ साल भदौ २५ गते मिडियाका तत्कालीन अध्यक्ष छविलाल जोशीले १० वर्षका लागि मासिक दुई लाख ५० हजार रुपैयाँ घर भाडा तिर्ने गरी सम्झौता गरेका थिए । 

गोर्खा मिडियाले २०८० मङ्सिरसम्म नियमित घरभाडा बुझाउँदै आएको थियो । त्यसयता, मिडियाले घर भाडा बुझाएको छैन ।

घर भाडा नबुझाए पछि घरधनी मृगेन्द्रप्रसाद मिश्रले जेठ १६ गते महानगरपालिकाको वडामा घर खाली गराउन उजुरी दिएका थिए । उक्त उजुरी वडाबाट कार्यान्वयन हुन नसकेपछि साउन २ गते महानगरपालिकामा पठाइएको थियो । त्यसपछि महानगरपालिकाको न्यायिक समितिमा ७ साउनमा घरबेटी वादीका रूपमा राखेर मुद्दा दर्ता भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register