सांघाईमा बेबिन्का आँधी, हजारौं जनालाई सुरक्षित स्थानमा सारियो

काठमाडौं । ‘बाबिन्का’ आँधी सोमबार चीनको सांघाईको तटीय क्षेत्रमा पुगेको छ । चीनको सरकारी सञ्चारमाध्यमले यो सांघाईमा विगत ७५ वर्षमा आएको सबैभन्दा खराब आँधी भएको बताएको छ । यस आँधीका कारण सांघाईका हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । चीनको मौसम विभागले सोमबार बिहान साढे सात बजे (स्थानीय समय) सांघाईको तटीय क्षेत्र लिङ्गाङमा आँधी बाबिन्का […]

Sep 16, 2024 - 09:04
 0
सांघाईमा बेबिन्का आँधी, हजारौं जनालाई सुरक्षित स्थानमा सारियो

काठमाडौं । ‘बाबिन्का’ आँधी सोमबार चीनको सांघाईको तटीय क्षेत्रमा पुगेको छ ।

चीनको सरकारी सञ्चारमाध्यमले यो सांघाईमा विगत ७५ वर्षमा आएको सबैभन्दा खराब आँधी भएको बताएको छ ।

यस आँधीका कारण सांघाईका हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

चीनको मौसम विभागले सोमबार बिहान साढे सात बजे (स्थानीय समय) सांघाईको तटीय क्षेत्र लिङ्गाङमा आँधी बाबिन्का आएको जनाएको छ।

बीबीसीकाअनुसार आइतबार साँझ नै महानगरीय क्षेत्रबाट चार लाखभन्दा बढी मानिसलाई सतर्कता अपनाएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

यसबाहेक चोङमिङ जिल्लाबाट पनि नौ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । चोङमिङ यांग्त्जे नदीको मुखमा अवस्थित एउटा टापु हो र यो सांघाईको एक भाग हो।

यस आँधीका कारण चीनमा सयौं उडानहरू पनि रद्द भएका छन्। यसबाहेक राजमार्ग पनि बन्द गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register