संसदीय समितिको प्रतिवेदनमा सातै सदस्यले गरे हस्ताक्षर

काठमाडौं । सहकारी ठगी छानबिनका लागि बनेको संसदीय समितिले तयार पारेको प्रतिवेदनमा सबै सात सदस्यले हस्ताक्षर गरेका छन् । तीन महिना अघि संसद‍्बाट गठन भएको समितिले तयार गरेको प्रतिवेदनलाई अन्तिम रूप दिएसँगै हस्ताक्षर भएको हो । रास्वपाका तर्फबाट सदस्य रहेका शिशिर खनालले सहकारी अपचलनमा रविमाथि कारवाही सिफारिस गर्ने आधार नरहेको अडान लिएका थिए । तर, अन्त्यमा […]

Sep 16, 2024 - 09:16
 0
संसदीय समितिको प्रतिवेदनमा सातै सदस्यले गरे हस्ताक्षर

काठमाडौं । सहकारी ठगी छानबिनका लागि बनेको संसदीय समितिले तयार पारेको प्रतिवेदनमा सबै सात सदस्यले हस्ताक्षर गरेका छन् ।

तीन महिना अघि संसद‍्बाट गठन भएको समितिले तयार गरेको प्रतिवेदनलाई अन्तिम रूप दिएसँगै हस्ताक्षर भएको हो ।

रास्वपाका तर्फबाट सदस्य रहेका शिशिर खनालले सहकारी अपचलनमा रविमाथि कारवाही सिफारिस गर्ने आधार नरहेको अडान लिएका थिए । तर, अन्त्यमा सबैले हस्ताक्षर गरे ।

आज बसेको बैठकबाट हस्ताक्षर भएसँगै आजै प्रतिवेदनमाथि प्रतिनिधिसभा बैठकमा पेश हुनेछ ।

समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register