‘क्यानभासमा जिरी’ चित्रकला प्रदर्शनी 

काठमाडौँ। दोलखाको जिरी उतिबेला सगरमाथाको प्रवेशद्वार भनेर चिनिन्थ्यो, किनभने सगरमाथा आरोहणको लागि जिरीहुदै जानुपर्थ्यो । सानो सुन्दर नगरीलाई पछि टोनी हेगनले नेपालको जुरीक भनेर चिनाए । जिरीका युवा व्यवसायी लिलाराम खड्का अहिले जिरीलाई पर्यटन र सभ्यताको नगरी भनेर चिनाउन अभ्यस्त छन् । त्यहि मेसोमा उनले काठमाडौँ नयाँ बानेश्वर स्थित आफैले सञ्चालन गरेको उमोजा क्याफेमा ‘क्यानभासमा […]

Sep 16, 2024 - 10:06
 0
‘क्यानभासमा जिरी’ चित्रकला प्रदर्शनी 

काठमाडौँ।

दोलखाको जिरी उतिबेला सगरमाथाको प्रवेशद्वार भनेर चिनिन्थ्यो, किनभने सगरमाथा आरोहणको लागि जिरीहुदै जानुपर्थ्यो । सानो सुन्दर नगरीलाई पछि टोनी हेगनले नेपालको जुरीक भनेर चिनाए ।

जिरीका युवा व्यवसायी लिलाराम खड्का अहिले जिरीलाई पर्यटन र सभ्यताको नगरी भनेर चिनाउन अभ्यस्त छन् । त्यहि मेसोमा उनले काठमाडौँ नयाँ बानेश्वर स्थित आफैले सञ्चालन गरेको उमोजा क्याफेमा ‘क्यानभासमा जिरी’ चित्रकला प्रदर्शनी शुरु गरेका छन् । 

भदौ २८ गतेबाट सुरु भएको ‘क्यानभासमा जिरी’ चित्रकला प्रदर्शनीको आयोजक टुरीजम प्रमोशन फोरम नेपाल हो । चित्रकला प्रदर्शनीमा कलाकार केशवराज खनाल, किशोर रानाभाट, लिलाधर केसी, मोहन शिवाकोटी, प्रकाश मिजार र शिवराज शिपालीका ३६ वटा चित्रकला राखिएको छ । 

कलाकारहरुले जिरीमा देखिएका पर्यटकीय स्थल, परम्परागत पहिरन, संस्कृति, रीति– रिवाज, सभ्यता, सरसफाइ, ग्रामिण परिवेश आदीलाई उत्कृष्ट चित्रकला मार्फत जिवन्त ढङ्गले प्रस्तुत गरेका छन् । 

त्यसो त युवा व्यवसायी लिलाराम खड्काले आफ्नो उमोजा क्याफेमा आउने ग्राहकहरुको लागि चेर्दुङको चिज, हाते बुनाईका सामग्री लगायतका जिरी चिनाउने बिभिन्न सामग्रीहरु बिक्रि गर्दै आएका छन् भने जिरीको ग्रीन टि निशुल्क सेवन गर्ने व्यवस्था समेत गरेका छन् ।

केही समय अघि पर्यटकीय केन्द्र जिरीमा आयोजना भएको जिरी महोत्सवमा कलाकाहरु को समेत सहभागिता रहेको र उनीहरुले जिरीमा देखेका, भोगेका र महसुस गरेका पर्यटन, संस्कृति, सभ्यतालाई आफ्नो चित्रकलामा उतारेको थाहा पाएपछि त्यसैलाई सङ्कलन गरेर ‘क्यानभासमा जिरी’ चित्रकला प्रदर्शनी को आयोजना गरेको लिलाराम खड्काले सुनाए ।

चित्रकला प्रदर्शनीमा सहभागि पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् एमाले पोलिटब्युरो सदस्य पार्वत गुरुङले चित्रकला मार्फत जिरीलाई चिनाउने लिलारामको अभियान प्रशंसनीय रहेको उल्लेख गर्दै यो अभियानले जिरीको पर्यटन प्रवर्धनसंगै मुलुकको विकास र समृद्धिमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register