झापामा धान बालीमा देखियो ‘सिथ ब्लाइट’ रोग

सन्तोष शर्माबनियानी, ३१ भदौ । झापाका विभिन्न स्थानका धानबालीमा रोगको संक्रमण देखिएको छ । जिल्लाका विभिन्न स्थानका धानबालीमा ‘सिथ ब्लाइट’ (पातको फेद कुहिने) रोग देखिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । झापाको अर्जुनधारा नगरपालिका, गौरादह नगरपालिका र कचनवलक गाउँपालिका क्षेत्रमा बढी मात्रा देखिएको कृषकले जानकारी गराएको उहाँले बताउनुभयो । “छिटफुट रुपमा [...] The post झापामा धान बालीमा देखियो ‘सिथ ब्लाइट’ रोग appeared first on Jhapa Online.

Sep 16, 2024 - 10:33
 0
झापामा धान बालीमा देखियो ‘सिथ ब्लाइट’ रोग

सन्तोष शर्मा
बनियानी, ३१ भदौ ।
झापाका विभिन्न स्थानका धानबालीमा रोगको संक्रमण देखिएको छ ।

जिल्लाका विभिन्न स्थानका धानबालीमा ‘सिथ ब्लाइट’ (पातको फेद कुहिने) रोग देखिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो ।

झापाको अर्जुनधारा नगरपालिका, गौरादह नगरपालिका र कचनवलक गाउँपालिका क्षेत्रमा बढी मात्रा देखिएको कृषकले जानकारी गराएको उहाँले बताउनुभयो । “छिटफुट रुपमा जिल्लाभरि देखिएको छ”, उहाँले भन्नुभयो, “नियन्त्रणको प्रयास भइरहेको छ ।”

अनुगमन गरेर ज्ञान केन्द्रमार्फत् कृषकलाई क्षेत्रफलको आधारमा थोरै–थोरै मात्रा भए पनि औषधि वितरण गरिरहेको उहाँले बताउनुभयो । स्थानीय तहले पनि रोग नियन्त्रणका लागि काम गरिरहेका छन् ।

धान खेतको ठाउँ–ठाउँमा गोलकार रुपमा यो रोगको उपचारका लागि भ्यालिडीमाइसिन र हेक्साकोनाजोल औषधि दुई मिलिलिटर प्रतिलिटर पानीमा मिसाएर प्रयोग गर्न सकिने प्रमुख विष्टले बताउनुभयो । रोगका कारण बाला कम लाग्ने भएकाले धान उत्पादन घट्ने उहाँले बताउनुभयो ।

झापामा यो वर्ष ७५ हजार पाँच सय हेक्टर क्षेत्रफलमा बर्खे धान खेती गरिएको छ । गत वर्ष जिल्लामा ८५ हजार पाँच सय हेक्टरमा धान खेति गरिएको थियो भने चार लाख ६३ हजार मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

यता, झापामा यो वर्ष कृषि ज्ञान केन्द्रको सहयोगमा छ वटा पालिकाका एक सय पाँच बिघामा नमूना खेति गरिएको छ ।

कृषकलाई प्राविधि अभ्यस्त गराउने उद्देश्यले जिल्लाको भद्रपुरमा १० बिघा, बिर्तामोडमा ७ बिघा, शिवसताक्षीमा १२ बिघा, गौरीगञ्जमा १० बिघा, गौरादहमा ३० बिघा र मेचीनगरमा ३६ बिघा मेसिनको प्रयोग गरेर नमूना धान खेती गरिएको हो । जसमा ६० जना कृषक आबद्ध छन् ।

कोशी प्रदेश सरकारको ‘कष्टम हायरिङ्ग सेन्टरमार्फत यान्त्रिकीकरण प्रवद्र्धन कार्यक्रम’ एनएमसी एग्रो फर्मसँग सम्झौता गरी कृषि ज्ञान केन्द्र झापाले प्रदर्शनका रुपमा धान रोपाइँ गरेको निमित्त प्रमुख विष्ट बताउनुभयो । यसबाट कृषकको २० प्रतिशत लागत घट्ने जनाइएको छ ।

कृषकलाई मेसिनबाट रोपाइँ गर्दा लाग्ने रकमको ५० प्रतिशत अनुदान दिइएको छ । १०५ बिघा धान खेतीका लागि रू पाँच लाख ५० हजार अनुदान दिइएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

The post झापामा धान बालीमा देखियो ‘सिथ ब्लाइट’ रोग appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register