बुद्धशान्ति गाउँपालिका फोहोरमैला व्यवस्थापन गर्दै

झापा, १४ भदौ । झापाको बुद्धशान्ति गाउँपालिकामा फोहोरमैला व्यवस्थापनका गर्न थालेको छ । यो कार्यका लागि इन्सिनरेटरको व्यवस्था गरेको छ भने बुद्धशान्ति–१ मा पाँच कठ्ठा जमिन २० वर्षका लागि लिजमा लिएर फोहोरमैला व्यवस्थापनमा गाउँपालिका जुटेको छ । राष्ट्रिय योजना आयोगबाट गत वर्ष ९० लाख रुपैयाँ विनियोजन भएर अहिलेका संरचना तयार भएको हो । यस वर्ष [...] The post बुद्धशान्ति गाउँपालिका फोहोरमैला व्यवस्थापन गर्दै appeared first on Jhapa Online.

Aug 30, 2024 - 04:36
 0
बुद्धशान्ति गाउँपालिका फोहोरमैला व्यवस्थापन गर्दै

झापा, १४ भदौ । झापाको बुद्धशान्ति गाउँपालिकामा फोहोरमैला व्यवस्थापनका गर्न थालेको छ ।

यो कार्यका लागि इन्सिनरेटरको व्यवस्था गरेको छ भने बुद्धशान्ति–१ मा पाँच कठ्ठा जमिन २० वर्षका लागि लिजमा लिएर फोहोरमैला व्यवस्थापनमा गाउँपालिका जुटेको छ ।

राष्ट्रिय योजना आयोगबाट गत वर्ष ९० लाख रुपैयाँ विनियोजन भएर अहिलेका संरचना तयार भएको हो । यस वर्ष पनि आयोगबाट ८५ लाख रुपैयाँ विनियोजन भएको गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले जानकारी दिए । पालिका क्षेत्रमा जनघनत्व बढ्दै गएको अवस्थामा भावी दिनमा फोहोर मैला व्यबस्थापनमा इन्सिनरेटरसहित फोहोरमैला व्यबस्थापनका लागि यो काम गरिएको उनले बताए ।

प्रसाईंले भने, ‘अब हामी स्रोतमै फोहोरको वर्गीकरणमा लाग्छौँ । कुहिने फोहोरबाट मल उत्पादन गरेर किसानलाई उपलब्ध गराउने योजना छ । नकुहिने सिसाबिनाको फोहोर भने यही इन्सिनरेटरमा जलाउने योजना छ ।’ उक्त मेसिनमा फोहोर जलाउन इन्धन वा विद्युतको आवश्यकता पर्दैन । इन्सिनरेटरमा धातुजन्य र सिसा बाहेकका फोहोर जलाउन मिल्ने बताइएको छ ।

The post बुद्धशान्ति गाउँपालिका फोहोरमैला व्यवस्थापन गर्दै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register