चौथो अधिवेशनमा ५६ वटा बैठक, के-के भयो ? (पूर्णपाठ)

काठमाडौं । प्रतिनिधि सभाको चौथो अधिवेशनमा ५६ वटा बैठक बसेको छ । वैशाख २८ गते मंगलबार प्रारम्भ भइ भदौ ३१ गते सोमबारसम्म जम्मा १३० दिन चालु रहेको प्रतिनिधि सभाको ५६ वटा बैठक बसेको सभामुख देवराज घिमिरेले जानकारी दिए । यस अधिवेशनमा प्रतिनिधि सभामा ८ वटा सरकारी र एउटा गैर सरकारी विधेयक दर्ता भएको थियो । […]

Sep 16, 2024 - 11:28
 0
चौथो अधिवेशनमा ५६ वटा बैठक, के-के भयो ? (पूर्णपाठ)

काठमाडौं । प्रतिनिधि सभाको चौथो अधिवेशनमा ५६ वटा बैठक बसेको छ ।

वैशाख २८ गते मंगलबार प्रारम्भ भइ भदौ ३१ गते सोमबारसम्म जम्मा १३० दिन चालु रहेको प्रतिनिधि सभाको ५६ वटा बैठक बसेको सभामुख देवराज घिमिरेले जानकारी दिए ।

यस अधिवेशनमा प्रतिनिधि सभामा ८ वटा सरकारी र एउटा गैर सरकारी विधेयक दर्ता भएको थियो । जसमध्ये ५ वटा विधेयक संघीय संसद्को दुवै सदनबाट पारित भएका छन् भने ३ वटा विधेयक समितिमा विचाराधीन रहेको सभामुख घिमिरेले बताए ।

अधिवेशनमा सांसदहरुबाट दर्ता हुन आएका विभिन्न मन्त्रालयसँग सम्बन्धित ५० वटा मौखिक र एउटा लिखित प्रश्नहरु मध्ये ३३ वटा मौखिक प्रश्नहरुको उत्तर प्राप्त भएको उनले बताए ।

चौथो अधिवेशनको यस अवधिमा पूर्व सदस्यहरु सूर्यमान गुरुङ, शैयद मेहराज अहमद र खगेन्द्रराज रेग्मी, रामचन्द्र राय यादव र श्रवणकुमार अग्रवालको निधनमा सभाबाट शोक प्रस्ताव पारित भएको थियो ।

संसद्‌को चालु अधिवेशन सोमबारबाटै अन्त्य भएको छ ।



What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register