समितिकी सदस्य न्यौपाने भन्छिन् – रवि जीबी राई जत्तिकै दोषी

काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिकी सदस्य ईश्वरी न्यौपानेले रास्वपा सभापति रवि लामिछाने दोषी रहेको बताएकी छन् । समितिले संसद्‌मा प्रतिवेदन बुझाएपछि लामिछानेले सञ्चारकर्मीसँग बोल्दै ‘आफूले क्लिन चिट पाएको’ पाएको दाबी गरेपछि समितिकी सदस्य न्यौपानेले यस्तो बताएकी हुन् । सञ्चारकर्मीसँगको कुराकानीमा न्यौपानेले गोरखा मिडिया प्रालिमा भएको रकम अपचलनमा लामिछानेसहित जीबी राई, कुमार रम्तेल […]

Sep 16, 2024 - 12:04
 0
समितिकी सदस्य न्यौपाने भन्छिन् – रवि जीबी राई जत्तिकै दोषी

काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिकी सदस्य ईश्वरी न्यौपानेले रास्वपा सभापति रवि लामिछाने दोषी रहेको बताएकी छन् ।

समितिले संसद्‌मा प्रतिवेदन बुझाएपछि लामिछानेले सञ्चारकर्मीसँग बोल्दै ‘आफूले क्लिन चिट पाएको’ पाएको दाबी गरेपछि समितिकी सदस्य न्यौपानेले यस्तो बताएकी हुन् ।

सञ्चारकर्मीसँगको कुराकानीमा न्यौपानेले गोरखा मिडिया प्रालिमा भएको रकम अपचलनमा लामिछानेसहित जीबी राई, कुमार रम्तेल र छवि जोशी पनि बराबर दोषी रहेको बताइन् ।

गोरखा मिडियामा आएको ८५ करोडको खर्च गर्ने क्रममा जीबी राईले एक ठाउँमा मात्रै हस्ताक्षर गरेको र अन्य सबै ठाउँमा रविले खर्च गरेको पाइएको उनको भनाइ छ ।

उनले भनिन्, ‘‘गोरखा मिडिया प्रालिमा सहकारीबाहेक कहीँबाट पैसा आएको छैन । आम्दानी १० करोड जति देखिन्छ । अरु ८५ करोड सहकारीबाट गैरकानूनी रूपमा आएको छ । सहकारीबाट यसरी कम्पनीमा रकम लिने र दिने दुवै दोषी हुन्छ ।’’

न्यौपानेले थप भनिन्, ”रवि कार्यक्रम प्रस्तोतामात्रै भएको भए प्रश्न उठ्ने थिएन । तर, उहाँ प्रबन्ध निर्देशक र शेयर होल्डर हुनुहुन्छ । जीबी राईको सानो एकाउन्टमा सिग्नेचर तर, गोरखा मिडियामा पैसा आएपछि एक ठाउँमा जीबी राईको नाम छ । अन्यत्र सबै ठाउँमा रविको हात छ । अब को हो दोषी तपाईंहरू आफैं भन्नुस् ।’​’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register