एन्फा महिला लिग : वालिङले सुदूरपश्चिमलाई हरायो

काठमाडौं । एन्फा महिला लिग–२०८१ फुटबलमा वालिङ नगरपालिकाले सुदूरपश्चिम प्रदेशमाथि फराकिलो अन्तरको जित हासिल गरेको छ । ललितपुरस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा वालिङले सुदूरपश्चिमलाई ५–१ गोलअन्तरले पराजित गरेको हो । वालिङका लागि भियोला नामुड्डु, ज्याकलाइन नाससाली, सुष्मा तामाङले गोल गरे । सुदूरपश्चिमका लागि भने रितिका कार्कीले गोल फर्काइन् । प्रतियोगितामा आफ्नो तेस्रो जित हासिल […]

Sep 16, 2024 - 12:32
 0
एन्फा महिला लिग : वालिङले सुदूरपश्चिमलाई हरायो

काठमाडौं । एन्फा महिला लिग–२०८१ फुटबलमा वालिङ नगरपालिकाले सुदूरपश्चिम प्रदेशमाथि फराकिलो अन्तरको जित हासिल गरेको छ ।

ललितपुरस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा वालिङले सुदूरपश्चिमलाई ५–१ गोलअन्तरले पराजित गरेको हो ।

वालिङका लागि भियोला नामुड्डु, ज्याकलाइन नाससाली, सुष्मा तामाङले गोल गरे । सुदूरपश्चिमका लागि भने रितिका कार्कीले गोल फर्काइन् ।

प्रतियोगितामा आफ्नो तेस्रो जित हासिल गरेको वालिङ अंकतालिकाको पाँचौं स्थानमा छ । सम्पूर्ण पाँच खेलमा पराजित भएको अंकतालिकाको सुदूरपश्चिम पुछारमा छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register