वैदेशिक रोजगारीको प्रलोभनमा पारेर रकम ठग्ने तीन जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४४ वर्षीय त्रिलोक कुमार यादव, २५ वर्षीय राम प्रसाद रिजाल र २० वर्षीय सुजन स्याङबो रहेका छन् । उनीहरुले कम्बोडिया, मलेसिया, दुबई लगायतका देशमा पठाउने भन्दै कुल ६ लाख ९० हजार रुपैयाँ ठगी गरेको प्रहरीले […]

Sep 16, 2024 - 12:52
 0
वैदेशिक रोजगारीको प्रलोभनमा पारेर रकम ठग्ने तीन जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४४ वर्षीय त्रिलोक कुमार यादव, २५ वर्षीय राम प्रसाद रिजाल र २० वर्षीय सुजन स्याङबो रहेका छन् ।

उनीहरुले कम्बोडिया, मलेसिया, दुबई लगायतका देशमा पठाउने भन्दै कुल ६ लाख ९० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये त्रिलोक कुमार यादवले तीन जनाबाट तीन लाख रुपैयाँ, राम प्रसाद रिजालले तीन जनाबाट २ लाख ४० हजार र सुजन स्याङबोले एक जनाबाट एक लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए ।

उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।  हाल उनीहरुलाई थप अनुसन्धान तथा अवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register