एक करोड खर्चेर फोहर व्यवस्थापन कार्य सुरु

काठमाडौँ । बागलुङ नगरपालिका क्षेत्रमा फोहर व्यवस्थापन प्रारम्भ भएको छ । नगरपालिकाका निम्ति चुनौती बनेको फोहर व्यवस्थापन अब घरबाट नै वर्गीकरण गरी प्रशोधनको प्रबन्ध गरिएको छ । ‘जिरो वेस्ट’ प्रविधिबाट फोहरलाई व्यवस्थापन गर्न नगरपालिकाले रु एक करोड लागतको योजनामा धमाधम काम गरिरहेको छ । नगरपालिकाले ‘क्लिन बागलुङ’ परियोजना अघि सारेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिएका […]

Sep 8, 2024 - 03:07
 0
एक करोड खर्चेर फोहर व्यवस्थापन कार्य सुरु

काठमाडौँ । बागलुङ नगरपालिका क्षेत्रमा फोहर व्यवस्थापन प्रारम्भ भएको छ । नगरपालिकाका निम्ति चुनौती बनेको फोहर व्यवस्थापन अब घरबाट नै वर्गीकरण गरी प्रशोधनको प्रबन्ध गरिएको छ ।

‘जिरो वेस्ट’ प्रविधिबाट फोहरलाई व्यवस्थापन गर्न नगरपालिकाले रु एक करोड लागतको योजनामा धमाधम काम गरिरहेको छ ।

नगरपालिकाले ‘क्लिन बागलुङ’ परियोजना अघि सारेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

नगरपालिकाले बागलुङ बजारमा १५ हजार फोहर सङ्कलन गर्ने तीनथरि रङका बाल्टी वितरण गर्न थालेको छभने सोही रङकै सवारीसाधन तयारी अवस्थामा राखिएको छ । कुहिने, नकुहिने र पुनः प्रयोग गर्न मिल्ने फोहरको छुट्टाछुट्टै व्यवस्थापन गर्न लागेको नगरप्रमुख श्रेष्ठले बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register