मणिपुरमा छ दिनपछि इन्टरनेट सेवामा लगाइएको प्रतिबन्ध हटाइयो

मणिपुर । मणिपुर सरकारले सोमबार राज्यमा विद्यमान कानून र व्यवस्थाको स्थितिको समीक्षापछि इन्टरनेट र मोबाइल डेटा सेवाहरू पुनःस्थापित गरेको छ । राज्यको गृह विभागले इम्फाल पश्चिम, इम्फाल पूर्व, थौबल, विष्णुपुर र काक्चिङ जिल्लामा भिस्याट र भिपिएन सेवासहित इन्टरनेट र मोबाइल डेटा सेवाहरूको निलम्बन हटाउने आदेश जारी गर्‍यो । सेप्टेम्बर २० सम्मका लागि थपिएको निलम्बन अहिले […]

Sep 16, 2024 - 18:00
 0
मणिपुरमा छ दिनपछि इन्टरनेट सेवामा लगाइएको प्रतिबन्ध हटाइयो

मणिपुर । मणिपुर सरकारले सोमबार राज्यमा विद्यमान कानून र व्यवस्थाको स्थितिको समीक्षापछि इन्टरनेट र मोबाइल डेटा सेवाहरू पुनःस्थापित गरेको छ ।

राज्यको गृह विभागले इम्फाल पश्चिम, इम्फाल पूर्व, थौबल, विष्णुपुर र काक्चिङ जिल्लामा भिस्याट र भिपिएन सेवासहित इन्टरनेट र मोबाइल डेटा सेवाहरूको निलम्बन हटाउने आदेश जारी गर्‍यो । सेप्टेम्बर २० सम्मका लागि थपिएको निलम्बन अहिले खारेज भएको छ ।

यसअघि राज्य सरकारले सेप्टेम्बर १० बाट पाँच दिनका लागि इन्टरनेटमा प्रतिबन्ध लगाएको थियो । सुरुमा आइतबार नै प्रतिबन्ध फुकुवा गर्ने भनिए पनि शान्ति सुरक्षाको अवस्थाका कारण लम्बिएको हो ।
एएनआई

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register