डेंगु सङ्क्रमण : ९ हजार ४८६ जना संक्रमित, ६ जनाको मृत्यु

झापा, ३१ भदौ । देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि भएको छ । उक्त सङ्क्रमितमध्ये ६ जनामा मृत्यु भएको छ । मृत्यु भएकाहरू डेंगुमात्रै नभई अन्य रोग पनि रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय दाबी गर्दै आएको छ । देशभर फैलिएको सङ्क्रमित सङ्ख्यामध्ये ४ हजार ५३९ जना सङ्क्रमित गण्डकीमा रहेका छन् । बागमतीका २ हजार [...] The post डेंगु सङ्क्रमण : ९ हजार ४८६ जना संक्रमित, ६ जनाको मृत्यु appeared first on Jhapa Online.

Sep 16, 2024 - 17:41
 0
डेंगु सङ्क्रमण : ९ हजार ४८६ जना संक्रमित, ६ जनाको मृत्यु

झापा, ३१ भदौ । देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि भएको छ । उक्त सङ्क्रमितमध्ये ६ जनामा मृत्यु भएको छ । मृत्यु भएकाहरू डेंगुमात्रै नभई अन्य रोग पनि रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय दाबी गर्दै आएको छ ।

देशभर फैलिएको सङ्क्रमित सङ्ख्यामध्ये ४ हजार ५३९ जना सङ्क्रमित गण्डकीमा रहेका छन् । बागमतीका २ हजार ४५३ जना, कोशीका १ हजार २७ जना सङ्क्रमित छन् । यस्तै, मधेसमा १८० जना, लुम्बिनीका ६४४ जना, कर्णालीका १३९ जना र सुदूरपश्चिममा ५०४ जनामा डेंगु फैलिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगु भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले सर्दछ ।

The post डेंगु सङ्क्रमण : ९ हजार ४८६ जना संक्रमित, ६ जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register