पानी दुर्घटनामा परी जापानमा २४२ को मृत्यु

टोकियो । जापानमा जुलाई र अगस्टमा पानीसम्बन्धी दुर्घटनामा परी दुई सय ४२ जनाको मृत्युको भएको छ । यो लगातार तेस्रो वार्षिक वृद्धि भएको प्रहरी तथ्याङ्कले देखाएको छ । राष्ट्रिय प्रहरी एजेन्सी (एनपिए) ले दुई महिनाको अवधिमा समुन्द्र, खोला र अन्य जलस्रोतमा दुर्घटनाको सङ्ख्या एक वर्षअघिको तुलनामा ३५ ले बढेर चार सय ८८ पुगेको प्रारम्भिक प्रतिवेदनमा […]

Sep 17, 2024 - 01:00
 0
पानी दुर्घटनामा परी जापानमा २४२ को मृत्यु

टोकियो । जापानमा जुलाई र अगस्टमा पानीसम्बन्धी दुर्घटनामा परी दुई सय ४२ जनाको मृत्युको भएको छ । यो लगातार तेस्रो वार्षिक वृद्धि भएको प्रहरी तथ्याङ्कले देखाएको छ ।

राष्ट्रिय प्रहरी एजेन्सी (एनपिए) ले दुई महिनाको अवधिमा समुन्द्र, खोला र अन्य जलस्रोतमा दुर्घटनाको सङ्ख्या एक वर्षअघिको तुलनामा ३५ ले बढेर चार सय ८८ पुगेको प्रारम्भिक प्रतिवेदनमा जनाएको छ ।

यी परिस्थितिमा छ सय एक जना मानिस प्रभावित रहेको र तीमध्ये जुनियर हाई स्कूल वा त्योभन्दा कम उमेरका एक सय पाँच रहेका थिए । मृतक वा बेपत्ता दुई सय ४२ जनाको सङ्ख्यामा एक वर्षअघिको तुलनामा छ सङ्ख्याले बढेको छ ।

एजेन्सीका अनुसार मृत्यु भएका वा बेपत्ता भएकामध्ये एक सय १७ जना समुन्द्रमा, ८८ नदीमा र २० जना जलमार्गमा दुर्घटनामा परेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register