प्रहरीमा ३० वर्षे सेवा अवधि कायम रहने, सरकारको पक्षमा आदेश

काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि कायम रहने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र विनोद शर्माको संयुक्त इजलासले यसअघि न्यायाधीश हरिप्रसाद फुयालको इजलासले ३० वर्षे हटाउन दिएको अन्तरिम आदेश खारेज गरेको हो । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एएसपी) जीवनकुमार श्रेष्ठसहित २१ जनाले आफूलाई ३० वर्ष सेवा अवधिमा अवकाश दिन […]

Aug 30, 2024 - 13:28
 0
प्रहरीमा ३० वर्षे सेवा अवधि कायम रहने, सरकारको पक्षमा आदेश

काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि कायम रहने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र विनोद शर्माको संयुक्त इजलासले यसअघि न्यायाधीश हरिप्रसाद फुयालको इजलासले ३० वर्षे हटाउन दिएको अन्तरिम आदेश खारेज गरेको हो ।

नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एएसपी) जीवनकुमार श्रेष्ठसहित २१ जनाले आफूलाई ३० वर्ष सेवा अवधिमा अवकाश दिन लागेको भनी सर्वोच्चमा रिट दायर गरेका थिए ।

गत बिहीबार न्यायाधीश फुँयालको एकल इजलासले गरेको अन्तरिम आदेश खारेज गरिदिएको थियो । तर, सरकारले यो आदेश कार्यान्वयन गर्न नसकिने भन्दै गृह मन्त्रालयमार्फत् भ्याकेटको निवेदन दर्ता गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register