रेकर्ड बनाएर घट्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सोमबार रेकर्ड बनाएको सुनको भाउ आज प्रतितोलामा छ सय रूपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५६ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ५७ हजार तीन सय रूपैयाँमा कारोबार भएको […]

Sep 17, 2024 - 06:28
 0
रेकर्ड बनाएर घट्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सोमबार रेकर्ड बनाएको सुनको भाउ आज प्रतितोलामा छ सय रूपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५६ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ५७ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला एक हजार नौ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार नौ सय पाँच रूपैयाँमा किनबेच भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register