उपसभामुख राना रुस प्रस्थान

काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना औपचारिक भ्रमणका लागि रसिया प्रस्थान गरेकी छन् । रसियाको सेन्टपिर्टसवर्ग सहरमा असोज २ देखि आयोजना हुने कार्यक्रममा भाग लिन उपसभामुख राना फ्लाई दुबईको उडानबाट रसियाको भ्रमणमा गएकी हुन् । उपसभामुख राना रसिया र स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डलको अन्तरसंसदीय विधानसभाको आयोजनामा असोज २ देखि ४ गते (सेप्टेम्बर १८–२०) सम्म सञ्चालन हुने […]

Sep 17, 2024 - 06:24
 0
उपसभामुख राना रुस प्रस्थान

काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना औपचारिक भ्रमणका लागि रसिया प्रस्थान गरेकी छन् ।

रसियाको सेन्टपिर्टसवर्ग सहरमा असोज २ देखि आयोजना हुने कार्यक्रममा भाग लिन उपसभामुख राना फ्लाई दुबईको उडानबाट रसियाको भ्रमणमा गएकी हुन् ।

उपसभामुख राना रसिया र स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डलको अन्तरसंसदीय विधानसभाको आयोजनामा असोज २ देखि ४ गते (सेप्टेम्बर १८–२०) सम्म सञ्चालन हुने चौथो यूरेशियन महिला फोरममा सहभागी हुने कार्यक्रम छ । उनले उक्त फोरमलाई सम्बोधन गर्ने बताइएको छ ।

भ्रमण सकेर उपसभामुख राना असोज ५ गते (सेप्टेम्बर २१) मा स्वदेश फर्कने कार्यक्रम उनको सचिवालयले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register