कमलादीमा रास्वपाको राष्ट्रिय भेला, घन्टी बजाएर लामिछानेले गरे उद्घाटन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुई दिने राष्ट्रिय भेला बसिरहेको छ । प्रज्ञा प्रतिष्ठान कमलादीमा सभापति रवि लामिछानेले घन्टी बजाएर भेलाको उद्घाटन गरेका हुन् । भेलामा लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्ने तयारी छ । सङ्गठन विभागका प्रमुख समेत रहेका बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेश गर्नेछन् । भेलामा सहभागी हुन देशभरबाट १५०० बढी प्रतिनिधि काठमाडौं आएको पार्टीले […]

Sep 17, 2024 - 06:48
 0
कमलादीमा रास्वपाको राष्ट्रिय भेला, घन्टी बजाएर लामिछानेले गरे उद्घाटन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुई दिने राष्ट्रिय भेला बसिरहेको छ ।

प्रज्ञा प्रतिष्ठान कमलादीमा सभापति रवि लामिछानेले घन्टी बजाएर भेलाको उद्घाटन गरेका हुन् । भेलामा लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्ने तयारी छ ।

सङ्गठन विभागका प्रमुख समेत रहेका बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेश गर्नेछन् ।

भेलामा सहभागी हुन देशभरबाट १५०० बढी प्रतिनिधि काठमाडौं आएको पार्टीले जनाएको छ । भेलामा विचार, सङ्गठन, संसदीय मामिला, अभियान, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register