भारतमा इजरायलबाट चाँडै अर्बौं लगानी आउने, सेमिकन्डक्टर क्षेत्रमा ठूलो सहकार्यको तयारी

काठमाडौँ ।  इजरायलले छिट्टै भारतमा ठूलो लगानीको घोषणा गर्ने तयारी गरेको छ । सेमिकन्डक्टर क्षेत्रमा प्रमुख सहकार्य हुने संकेत गर्दै इजरायलका नव नियुक्त राजदूत रेउभेन अजारले ‘ठूलो समाचार छिट्टै आउने’ बताएका छन् । एएनआईलाई दिएको विशेष अन्तर्वार्तामा, राजदूत अजारले भने, ‘सेमिकन्डक्टरमा केही ठूलो समाचार आउनेवाला छ, हामीले यस क्षेत्रमा केहि योजना बनाइसकेका छौं ।’ यद्यपि, […]

Sep 17, 2024 - 07:56
 0
भारतमा इजरायलबाट चाँडै अर्बौं लगानी आउने, सेमिकन्डक्टर क्षेत्रमा ठूलो सहकार्यको तयारी

काठमाडौँ ।  इजरायलले छिट्टै भारतमा ठूलो लगानीको घोषणा गर्ने तयारी गरेको छ । सेमिकन्डक्टर क्षेत्रमा प्रमुख सहकार्य हुने संकेत गर्दै इजरायलका नव नियुक्त राजदूत रेउभेन अजारले ‘ठूलो समाचार छिट्टै आउने’ बताएका छन् ।

एएनआईलाई दिएको विशेष अन्तर्वार्तामा, राजदूत अजारले भने, ‘सेमिकन्डक्टरमा केही ठूलो समाचार आउनेवाला छ, हामीले यस क्षेत्रमा केहि योजना बनाइसकेका छौं ।’ यद्यपि, उनले थप विवरण खुलाउन चाहेनन्, तर रिपोर्ट अनुसार, इजरायलको टावर सेमिकन्डक्टर नामक कम्पनीले भारतमा अर्बौं डलरको लगानी गर्ने सम्भावना छ ।

भारतले हाल सेमिकन्डक्टर उत्पादनमा विश्वव्यापी नेतृत्व हासिल गर्ने उद्देश्यका साथ अनुकूल वातावरण सिर्जना गर्ने काम गरिरहेको छ । यसै सन्दर्भमा, इजरायलसँगको सहकार्यले भारतलाई यस क्षेत्रमा अगाडि बढ्न मद्दत गर्ने आशा गरिएको छ ।

यसका साथै, इजरायलले भारतसँग पूर्वाधार क्षेत्रमा पनि सहकार्य विस्तार गर्ने योजना बनाएको छ। इजरायलले तेल अविव क्षेत्रमा नयाँ मेट्रो प्रणाली र नयाँ विमानस्थल निर्माणका लागि ३५ अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको छ, जसमा भारतीय पूर्वाधार कम्पनीहरूलाई समावेश गर्न चाहन्छ ।

राजदूत अजारले भने, ‘हामीसँग असाधारण रक्षा सहकार्य छ, र अब हामी पूर्वाधार क्षेत्रमा पनि भारतीय कम्पनीहरूलाई आकर्षित गर्न चाहन्छौं।’

इजरायल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउन नेताहरूबीचको बलियो व्यक्तिगत सम्बन्धले महत्वपूर्ण भूमिका खेलेको बताउँदै उनले प्रधानमन्त्री नरेन्द्र मोदी र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूबीचको सम्बन्धलाई उदाहरणस्वरूप उल्लेख गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register