आतिशी मार्लेना दिल्लीको नयाँ मुख्यमन्त्री

काठमाडौं । दिल्लीको नयाँ मुख्यमन्त्रीको नाम सार्वजनिक भएको छ । आतिशी मार्लेना दिल्लीको नयाँ मुख्यमन्त्री बन्ने भएकी छन् । दिल्ली सरकारका मन्त्री गोपाल राईले सञ्चारमाध्यमलाई सो जानकारी दिएका हुन् । मंगलबार बिहान करिब ११ बजे बसेको व्यवस्थापिका–संसदको बैठकले अतिशीको नाम अनुमोदन गरेको हो । राईले अतिशीलाई सर्वसम्मतिले मुख्यमन्त्रीमा निर्वाचित गरेको बताए । राईले आतिषी अप्ठ्यारो […]

Sep 17, 2024 - 07:52
 0
आतिशी मार्लेना दिल्लीको नयाँ मुख्यमन्त्री

काठमाडौं । दिल्लीको नयाँ मुख्यमन्त्रीको नाम सार्वजनिक भएको छ । आतिशी मार्लेना दिल्लीको नयाँ मुख्यमन्त्री बन्ने भएकी छन् ।

दिल्ली सरकारका मन्त्री गोपाल राईले सञ्चारमाध्यमलाई सो जानकारी दिएका हुन् ।

मंगलबार बिहान करिब ११ बजे बसेको व्यवस्थापिका–संसदको बैठकले अतिशीको नाम अनुमोदन गरेको हो । राईले अतिशीलाई सर्वसम्मतिले मुख्यमन्त्रीमा निर्वाचित गरेको बताए ।

राईले आतिषी अप्ठ्यारो परिस्थितिमा दिल्लीको मुख्यमन्त्री बन्ने बताए । राईले भने, ‘भाजपाले आम आदमी पार्टीलाई तोडेर सरकार ढाल्ने प्रयास गरेको छ। तर हामीले उनीहरुको सबै प्रयासलाई विफल बनायौं।’

केजरीवाल जेलमा हुँदा आतिशीले सरकारको महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । उनी अहिले शिक्षा लगायतका महत्वपूर्ण विभागहरु सम्हाल्दै आएकी छिन् ।

केजरीवालले आप कार्यकर्ताहरूलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेदेखि नै यो पद कसले लिने भन्ने चर्चा चलेको थियो।

अब केजरीवालले दिल्लीका लेफ्टिनेन्ट गभर्नर वीके सक्सेनालाई भेटेर राजीनामा बुझाउनेछन्।

अरविन्द केजरीवाल १३ सेप्टेम्बरमा तिहाड जेलबाट रिहा भएका थिए । उनी मदिरा काण्डको आरोपमा जेलमा थिए ।

त्यसपछि आइतबार कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register