लागुऔषध गाँजा बोकेको २ वटा सवारी साधन सहित ४ जना पक्राउ

मोरङ, १ असोज । मोरङको बिराटनगर महानगरपालिका- १५ र १७ स्थितबाट प्रतिवन्धितलागुऔषध गाँजा बोकेको दुई वटा सवारी साधन सहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भाद्र ३१ गते बिहान साढे १० बजे बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण व्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१५ स्थितमा संकास्पद अवस्थामा रहेको बा.८च ७८८० [...] The post लागुऔषध गाँजा बोकेको २ वटा सवारी साधन सहित ४ जना पक्राउ appeared first on Jhapa Online.

Sep 17, 2024 - 08:01
 0
लागुऔषध गाँजा बोकेको २ वटा सवारी साधन सहित ४ जना पक्राउ

मोरङ, १ असोज । मोरङको बिराटनगर महानगरपालिका- १५ र १७ स्थितबाट प्रतिवन्धितलागुऔषध गाँजा बोकेको दुई वटा सवारी साधन सहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भाद्र ३१ गते बिहान साढे १० बजे बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण व्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१५ स्थितमा संकास्पद अवस्थामा रहेको बा.८च ७८८० नम्बरको कारलाई चेकजाँच गर्दा कारको पछाडि सिटमुनी लुकाई छिपाई राखेको ४३ किलो ग्राम गाँजा बरामद भए संगै उक्त कार चालक बिराटनगर-१५ का ३२ बर्षीय गणेश चौधरी र कारमा सवार रहेका बिराटनगर-१३ का २२ बर्षीय रोजेश परीयारलाई नियन्त्रणमा लिएको छ ।

यसैगरी राती साढे ८ बजे सोही टोलीले बिराटनगर-१७ मण्डा पोखरी स्थितमा संकास्पद अवस्थामा रहेको को. २ च ७५९ नम्बरको स्कार्पीयो गाडीलाई चेकजाँच गर्दा गाडीको पछाडिको भागमा लुकाई छिपाई राखेको अवस्थामा १४६ किलो ग्राम गाँजा बरामद गरेको हो । लागुऔषध गाँजा बरामद भए संगै गाडी, चालक सुनसरी धरान-१७ का ४५ बर्षीय सुक्षिम राई र गाडीमा सवार धरान-११ का ४६ बर्षीय देवराज राईलाई समेतलाई नियन्त्रणमा लिएको छ । लागुऔषध गाँजा सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

The post लागुऔषध गाँजा बोकेको २ वटा सवारी साधन सहित ४ जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register