झापाको बनियानीबाट तीन जना गाँजा कारोबारी पक्राउ

कचनकवल, १ असोज । झापाको कचनकवल गाउँपालिका–६ बनियानीबाट प्रहरीले लागुऔषध गाँजा कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा गए राति १ बजे इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको वरिष्ठ प्रहरी नायव निरीक्षकको नेतृत्वमा रहेको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका व्यक्तिहरूमा नारायण सिंह राजवंशी, प्रकाश भारती, र पुजन सुवेदी रहेका [...] The post झापाको बनियानीबाट तीन जना गाँजा कारोबारी पक्राउ appeared first on Jhapa Online.

Sep 17, 2024 - 08:05
 0
झापाको बनियानीबाट तीन जना गाँजा कारोबारी पक्राउ

कचनकवल, १ असोज । झापाको कचनकवल गाउँपालिका–६ बनियानीबाट प्रहरीले लागुऔषध गाँजा कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा गए राति १ बजे इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको वरिष्ठ प्रहरी नायव निरीक्षकको नेतृत्वमा रहेको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका व्यक्तिहरूमा नारायण सिंह राजवंशी, प्रकाश भारती, र पुजन सुवेदी रहेका छन्। पक्राउपश्चात उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय भद्रपुरमा राखिएको छ। प्रहरीका अनुसार गाँजा ओसार–पसारमा संलग्न अन्य व्यक्तिहरुको खोजी तथा अनुसन्धान जारी रहेको छ ।

The post झापाको बनियानीबाट तीन जना गाँजा कारोबारी पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register