सल्यान जीप दुर्घटना : घाइते दुई जनाको मृत्यु

काठमाडौं । सल्यानमा बोलेरो जीप दुर्घटनामा परी घाइते भएका दुई जनाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका-४ फलाबाङ्गबाट लुहाम बजार जाँदै गरेको रा १ च १०४३ नम्बरको बोलेरो जीप सोमबार बेलुकी पुतली दरबार नजिकै दुर्घटना भएको थियो । घटनामा घाइते भएका ५५ वर्षीय टोपबहादुर साहु र लाली रावतको मृत्यु उपचारको क्रममा मृत्यु भएको हो । […]

Sep 17, 2024 - 08:08
 0
सल्यान जीप दुर्घटना : घाइते दुई जनाको मृत्यु

काठमाडौं । सल्यानमा बोलेरो जीप दुर्घटनामा परी घाइते भएका दुई जनाको मृत्यु भएको छ ।

त्रिवेणी गाउँपालिका-४ फलाबाङ्गबाट लुहाम बजार जाँदै गरेको रा १ च १०४३ नम्बरको बोलेरो जीप सोमबार बेलुकी पुतली दरबार नजिकै दुर्घटना भएको थियो ।

घटनामा घाइते भएका ५५ वर्षीय टोपबहादुर साहु र लाली रावतको मृत्यु उपचारको क्रममा मृत्यु भएको हो ।

साहुको जिल्ला अस्पताल सल्यानमा र लाली रावतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रनि रेसमबहादुर खत्रीले जानकारी दिए ।

घटनामा त्रिवेणी गाउँपालिका-३ घर भएका चालक २८ वर्षीय कमल रेउले, वडा नं ४ का वर्ष ५५ का टोपबहादुर साहु, वर्ष ५५ की लाली रावत, वर्षका ४० की पूर्णकला बस्नेत, वर्ष २९ का रबिन्स महतरा घाइते भएका थिए ।

उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा उपचार भइरहेको छ । सडक बिग्रेकाले जीप अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register